बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

टाइगर कप भलिबल : श्रिलंकन टिमसँग एपीएफ स्तब्ध

मङ्गलबार, ०२ माघ २०८०, १५ : ३२
मङ्गलबार, ०२ माघ २०८०

पोखरा । सशस्त्र प्रहरीको एपीएफ क्लब पोखरामा जारी टाइगर कपमा पाहुना टोली श्रिलंकन आर्मीसँग पराजित भएको छ । पोखरा रंगशालामा भएको खेलमा एपीएफ ३-१ को सेटमा पराजित भएको हो । 

पहिलो सेटमा २५-२३ को जित निकालेको एपीएफले पछिल्लो ३ सेट लगातार गुमाएको थियो । श्रीलंका आर्मीले दोस्रो सेट २५–१९, तेस्रो सेट २५–२१ र चौथो सेट २५–१३ को जित दर्ता गर्‍यो । 

टाइगर ग्रुप अफ पोखराको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा श्रिलंकाका सचित टाइगर अफ म्याच घोषित भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप