इटालियन क्लब रोमाले प्रशिक्षक मोउरिन्होलाई हटायो
मङ्गलबार, ०२ माघ २०८०, १७ : ३१
काठमाडौँ । इटालियन क्लब एएस रोमाले प्रशिक्षक होजे मोउरिन्होलाई पदबाट हटाएको छ । निरन्तरको निराशाजनक नतिजापछि रोमाले ६० वर्षीय मोउरिन्होलाई पदबाट बर्खास्त गरेको हो । पोर्चुगिज नागरिक मोउरिन्हो सन् २०२१ को मेमा रोमाको प्रशिक्षक बनेका थिए ।
त्यतिबेला उनी इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहामबाट रोमा पुगेका थिए । प्रशिक्षक बनेको एक वर्षपछि मोउरिन्होले रोमालाई युरोपा कन्फरेन्स लिगको उपाधि चुमाएका थिए । उनले सन् २०२३ मा रोमालाई युरोपा लिगको फाइनलसम्म पनि डो¥याएका थिए ।
मोउरिन्होले चेल्सी, इन्टर मिलान, रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेडजस्ता चर्चित क्लबहरुमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिनामङ्गल–बानेश्वर क्षेत्रको बागमतीबाट दुई मेट्रिक टन नकुहिने फोहाेर व्यवस्थापन
-
नेपालको सरकारी सेवाहरूमा समानुभूतिपूर्ण व्यवहार
-
कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तीव्र, ७५ प्रतिशत भौतिक प्रगति
-
होल्डिङ सेन्टरका सुकुमबासी भन्छन्– अब नदीमा हाम फाल्नुको विकल्प छैन
-
जिन्दगी एक दृश्य ! अनेकौं अदृश्य
-
तपाईंको वाईफाई सुस्त छ ? कारण हुनसक्छन् घरकै यी सामान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण