शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

इटालियन क्लब रोमाले प्रशिक्षक मोउरिन्होलाई हटायो

मङ्गलबार, ०२ माघ २०८०, १७ : ३१
मङ्गलबार, ०२ माघ २०८०

काठमाडौँ । इटालियन क्लब एएस रोमाले प्रशिक्षक होजे मोउरिन्होलाई पदबाट हटाएको छ । निरन्तरको निराशाजनक नतिजापछि रोमाले ६० वर्षीय मोउरिन्होलाई पदबाट बर्खास्त गरेको हो । पोर्चुगिज नागरिक मोउरिन्हो सन् २०२१ को मेमा रोमाको प्रशिक्षक बनेका थिए ।

त्यतिबेला उनी इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहामबाट रोमा पुगेका थिए । प्रशिक्षक बनेको एक वर्षपछि मोउरिन्होले रोमालाई युरोपा कन्फरेन्स लिगको उपाधि चुमाएका थिए । उनले सन् २०२३ मा रोमालाई युरोपा लिगको फाइनलसम्म पनि डो¥याएका थिए ।

मोउरिन्होले चेल्सी, इन्टर मिलान, रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेडजस्ता चर्चित क्लबहरुमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप