बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

टाइगर कप भलिबल : टिपटपले हरायो आर्मीलाई

मङ्गलबार, ०२ माघ २०८०, १७ : ५४
मङ्गलबार, ०२ माघ २०८०

पोखरा । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । टिपटपले ३–१ को सेटमा आर्मीलाई पाखा लगाएको हो । 

पाकिस्तानी राष्ट्रिय खेलाडीसहित मैदान झरेको टिपटप पहिलो सेट २५–१८, दोस्रो सेट २५–२० र चौथो सेट २५–२० ले खेल आफ्नो पोल्टामा पारेको हो । तेस्रो सेट चाहिँ २३–२५ ले गुमायो । 

खेलमा टिपटप हेल्प नेपालका माझर अली टाइगर म्यान अफ दि म्याच  बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप