नेपाली फिल्ममा विदेशी लगानी भित्र्याउने पहल भइरहेको छ – अध्यक्ष भुवन केसी
काठमाडाैँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासका लागि विदेशी लगानी भित्र्याउनु पर्ने बताएका छन् । स्वदेशी फिल्म निर्माणमा विदेशी लगानी भित्रियो भने मात्र अन्तर्राष्ट्रिय स्तरमा महँगा फिल्मसँग नेपाली फिल्मले भिड्न सक्ने उनको धारणा रहेको थियो ।
सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ)को घोषणा कार्यक्रममा बोल्दै केसीले विदेशी लगानी भित्र्याउन आफूबाट कोसिस भइरहेको जानकारी दिए ।
‘विदेशी लगानी यहाँ ल्याउने प्रावधान छैन । त्यसको लागि पहल गरिरहेका छौँ’ केसीले भने ‘शतप्रतिशत लगानी गर्न नपाए पनि ४९ प्रतिशत लगानी गर्नसक्ने व्यवस्थाका लागि पहल हुन्छ ।’ लगानी भित्रियो भने चलचित्र निर्माणका लागि आवश्यक इक्क्वीपमेण्ट र वातावरण बनाउन सजिलो हुने उनको धारणा रहेको थियो ।
‘एउटा स्टुडियो छैन हामीसँग । अब चाँडै नै काभ्रेमा स्टुडियो बन्ने सम्भावना छ । सबैभन्दा ठुलो कुरा चलचित्रको नीति हो’ भुवनले थपे ।
कार्यक्रममा अभिनेता प्रदीप खड्का, नीर शाह लगायतले नीफ महोत्सवको महत्वको र नेपाली फिल्मी बजारको विषयमा धारणा राखेका थिए । नीफमा यो पटक ४० देशका ८८ फिल्म देखाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण