प्रतिनिधिलाई अभियानमा पठाउनुअघि कांग्रेसले अभिमुखीकरण गर्दै
काठमाडौं । नेपाली कांग्रेसले जिल्ला खटिने केन्द्रीय सदस्यहरूलाई अभिमुखीकरण दिने भएको छ।
केन्द्रीय कार्यालय सानेपामा बुधबार जिल्ला खटिने नेताहरूलाई अभिमुखीकरण दिन लागिएको हो । कांग्रेसले यही माघ ७ गतेदेखि माघ २२ गतेसम्म समुदायमा कांग्रेस अभियान गर्दै छ ।
उक्त अभियानका लागि जिल्ला खटिने प्रतिनिधिलाई अभिमुखीकरण दिन लागिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले रातोपाटीलाई बताए ।
गत कात्तिकमा समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने कांग्रेसको तयारी थियो । तर, दसैं–तिहार र जाजरकोट भूकम्पको कारण देखाउँदै कांग्रेसले पुस १५ मा बसेको केन्द्रीय समिति बैठकबाट अभियानलाई माघ ७ देखि २२ सम्मका लागि तय गरेको थियो ।
विश्वकर्माका अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले ७७ जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण दिने छन् ।
अभियानमा संगठन सुदृढीकरण, कार्यकर्ता तथा नागरिकका गुनासा र सुझाव लिइने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण