अर्थ
बैंकको निक्षेप ६१ खर्ब नाघ्यो, ४ दिनमा २२ अर्ब कर्जा लगानी
बुधबार, ०३ माघ २०८०, १६ : २९
काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा संकलित निक्षेपको आकार ६१ खर्ब नाघेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार पुस २७ गते अर्थात् १२ जनवरी, २०२४ सम्ममा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६१ खर्ब ५ अर्ब रुपैयाँ पुगेको हो ।
पुस २३ गते यस्तो निक्षेप बैंकहरुसँग ६० खर्ब ८५ अर्ब रहेको थियो । पछिल्लो चार दिनमा बैंकहरुको निक्षेप २० अर्ब रुपैयाँले बढेको हो ।
केन्द्रीय बैंकका अनुसार सोही अवधिमा यता कर्जा केही बढेर ५० खर्ब ५८ अर्ब लगानी भएको छ । पुस २३ गते ५० खर्ब ३६ अर्ब रुपैयाँ लगानी भएकोमा पछिल्लो चार दिनमा बैंकहरुको कर्जा लगानी २२ अर्ब रुपैयाँले बढेको देखिन्छ ।
तथापि, पुस २७ गतेसम्म ८०.१४ प्रतिशत मात्र सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) कायम गरेका बैंकहरुसँग अझैँ ६ खर्ब माथि लगानी योग्य पुँजी (तरलता) रहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण