शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

बैंकको निक्षेप ६१ खर्ब नाघ्यो, ४ दिनमा २२ अर्ब कर्जा लगानी

बुधबार, ०३ माघ २०८०, १६ : २९
बुधबार, ०३ माघ २०८०

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा संकलित निक्षेपको आकार ६१ खर्ब नाघेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार पुस २७ गते अर्थात् १२ जनवरी, २०२४ सम्ममा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६१ खर्ब ५ अर्ब रुपैयाँ पुगेको हो । 

पुस २३ गते यस्तो निक्षेप बैंकहरुसँग ६० खर्ब ८५ अर्ब रहेको थियो । पछिल्लो चार दिनमा बैंकहरुको निक्षेप २० अर्ब रुपैयाँले बढेको हो । 

केन्द्रीय बैंकका अनुसार सोही अवधिमा यता कर्जा केही बढेर ५० खर्ब ५८ अर्ब लगानी भएको छ । पुस २३ गते ५० खर्ब ३६ अर्ब रुपैयाँ लगानी भएकोमा पछिल्लो चार दिनमा बैंकहरुको कर्जा लगानी २२ अर्ब रुपैयाँले बढेको देखिन्छ । 

तथापि, पुस २७ गतेसम्म ८०.१४ प्रतिशत मात्र सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) कायम गरेका बैंकहरुसँग अझैँ ६ खर्ब माथि लगानी योग्य पुँजी (तरलता) रहेको बुझिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप