प्रगति प्रतिवेदन पेस गर्न सामुदायिक विद्यालयहरुलाई काठमाडौँ महानगरको निर्देशन
बुधबार, ०३ माघ २०८०, १८ : ५४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरुलाई प्रगति प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सीताराम कोइरालाले बुधबार एक सूचना जारी गर्दै सुन्दर विद्यालय परियोजना अन्तर्गतको बजेट खर्च गरी माघ २१ गतेभित्र प्रगति प्रतिवेदन पेस गर्न निर्देशन दिएका हुन् ।
महानगरले सामुदायिक विद्यालयको वातावरण सफा, सुन्दर र कलात्मक बनाउन सुन्दर विद्यालय परियोजना अन्तर्गतको पहिलो चरणको बजेट निकासा गरेको थियो ।
बजेट निकासाका क्रममा महानगरको शिक्षा विभाग र विद्यालयबिच भएको सम्झौता र उपलब्ध गराइएको नर्म्स बमोजिम निकासा बजेट नियमानुसार खर्च गरी अनिवार्य रुपमा प्रगति प्रतिवेदन पेस गर्न महानगरले भनेको हो । यस्तै महानगरले दोस्रो चरणको बजेट माग गर्न पनि आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
-
फ्रान्सको सशक्त पुनरागमन प्रयास: बारकोलाको गोलमा खेल २–४ को स्थितिमा, एम्बाप्पेको असिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण