बाराको निजगढ रतनपुरीमा बाघ आतङ्क, चौपाया मार्न थालेपछि स्थानीय त्रसित
बारा । निजगढ नगरपालिकाका उत्तरी भेग रतनपुर क्षेत्रमा बाघले आतङ्कले स्थानीय आंतकित भएका छन् । नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा पाटे बाघले बाख्रा, गाई भैँसी लगायतका पशु चौपाया मार्न थालेको स्थानीयले बताए । बाघको आक्रमणबाट निजगढ –१३ मा जय बहादुर स्याङ्तानको मात्रै १० ओटा बाख्रा एकै पटक मरे ।
त्यस्तैगरी सुकबहादुर थिङ्गका गोरुलाई आक्रमण गरेर घाइते बनाएको छ भने निजगढ १० लाल स्थित सुन्दर बस्तीका किसानहरूको गोठमै बाघले आक्रमण गरेर टुबा कान्छाको २ वटा गाई, श्याम बोम्जनको १ वटा पाडा र सानुमान जिम्बाको १ वटा बाख्रा गरी एकै टोलमा ४ पशु चौपाया बाघको आक्रमणबाट मरेको स्थानीयहरूले बताएका छन् ।
खोरमै पसेर बाघले बाख्रा खाएको निजगढ १० लालका सिद्धार्थ लामाले बताए । यसरी बाघले बाख्रा खान थालेपछि स्थानीय त्रसित भएका छन् । रतनपुर क्षेत्रमा जङ्गल नजिकै बस्ती भएको हुँदा बाघले खोरमै पसेर बाख्रा खाने र मार्ने गरिरहेको छ ।
पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले निजगढ रतनपुरीमा बाघले आक्रमणबाट घरपालुवा जनावर खाएको विषयमा सूचना आएकाले निकुञ्जले वन कार्यालयसँगको सहकार्यमा सो बाघलाई नियन्त्रणमा लिने जनाएका छन् ।
‘बाघको गतिविधि बुझ्न आज हामीले सो क्षेत्रमा क्यामरा जडान गरेर अनुगमन गर्छौ, त्यसपछि डिभिजन वन कार्यालय र स्थानीय तहको समन्वयनमा बाघलाई नियन्त्रणमा लिनुपर्ने आवश्यकता भए नियन्त्रणमा लिन्छौ’ सूचना अधिकारी भगतले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विचारधारा : यो के हो, किन आवश्यक छ?
-
सुदूरपश्चिमको बजेट : सत्ता साझेदारकै असन्तुष्टिले संसद्मा पुग्न सकेन, विकासको एजेन्डा ओझेलमा
-
रुपन्देहीका किसान बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य
-
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
-
रोमाञ्चक पहिलो हाफमा इंग्ल्याण्डलाई अग्रता
-
मेक्सिकोले एक गोल फर्कायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण