अफ्रिका कप अफ नेशन्समा मोरक्कोको शानदार जित
काठमाडौँ । अफ्रिका कप अफ नेशन्समा मोरक्कोले शानदार जित निकालेको छ । बुधबार भएको खेलमा मोरक्कोले तान्जेनियालाई ३–० गोल अन्तरले पराजित गर्दै समूह एफमा स्पष्ट ३ अङ्क बनाएको छ ।
खेलको ३० औँ मिनेटमा रोमेन साइसले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । ७० औँ मिनेटमा तान्जानिया १० खेलाडीमा समेटिएको थियो । नोभास्टास डिसमस दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाडेका थिए ।
पहिलो हाफमा १ गोल गरेको मोरक्कोले दोस्रो हाफमा २ गोल थपेको थियो । ७७ औँ मिनेटमा एजिदिन ओनाहीले गोल गरेपछि अग्रता दोब्बर बनेको थियो ।८० औँ मिनेटमा युसुफ एन नेसिरीले गोल गरेपछि मोरक्कोले ३–० को सहज जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो ।
यही समूहमा रहेका जाम्बिया र कंगोले एक ÷एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । जाम्बिायका लागि किंग्स कांगवाले गोल गर्दै २३ औँ मिनेटमा अग्रता दिलाएका थिए । तर, २७ औँ मिनेटमा कंगोले गोल फर्काउँदै खेल बराबरी गरेको थियो । कंगोका लागि योएन वेएसाले बरबरी गोल गरे । समूह एफमा मोरक्को ३ अंकसहित शीर्ष स्थानमा रहँदा कंगो र जाम्बिाय एक एक अंकसहित क्रमश दोस्रो र तेस्रो स्थानमा छ । तान्जानिया भने अङ्क बिहीनअवस्थामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण