भ्यालेन्सियालाई हराउँदै कोपा डेल रेको क्वार्टरफाइनलमा पुग्यो सेल्टा
काठमाडौँ । सेल्टा भिगो कापा डेल रे फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वार्टरफाइनल खेलमा भ्यालेन्सियालाई ३–१ गोलले हराउँदै सेल्टा भिगो प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको हो ।
खेल सुरु भएको १३औँ मिनेटमै लुका डी ला टोरेले सेल्टा भिगोका लागि पहिलो गोल गरेका थिए । त्यसको पाँच मिनेटपछि नै अनासतास्लोस डुभिकसले पेनाल्टीमार्फत गोल गर्दै सेल्टा भिगोलाई २–० को अग्रता दिलाएका थिए ।
निर्धारित समयको २९औँ मिनेटमा भ्यालेन्सियाका पेपेलुले पेनाल्टीमार्फत जवाफी गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा १० मिनेटअघि डुभिकसले ब्यक्तिगत रुपमा दोस्रो गोल गर्दै सेल्टालाई ३–१ को जित दिलाएका थिए । डुभिकसले जारी सिजनको कोपा डेल रेमा सर्वाधिक ६ गोल गरिसकेका छन् ।
यसैगरी रियल सोसिएडाड पनि प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । रियल सोसिएडाडले प्रिक्वार्टरफाइनल खेलमा ओसासुनालाई २–० गोलले हराएको हो । गिरोना पनि रायो भालेकानोलाई ३–१ गोलले पाखा लगाउँदै प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भयो । एथलेटिक बिल्बाओ, मलोर्का र सेभिया भने यसअघि नै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण