शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

२ जना मृतावस्थामा फेला

बिहीबार, ०४ माघ २०८०, १२ : १८
बिहीबार, ०४ माघ २०८०

काठमाडौं । काठमाडौँ र ओखलढुंगामा २ जना मृतावस्थामा फेला परेका छन् । जसअनुसार काठमाडौं महानगरपालिका-१५ बिजेश्‍वरी डेरा गरी बस्ने तनहुँ किहुँ घर भएकी ५१ वर्षीया सफिना मिया बुधबार आफ्नै डेरा कोठामा मृत अवस्थामा फेला परेकी छिन् । 
यसैगरी ओखलढुंगाको मानेभन्ज्यङ गाउँपालिका-७ हर्कपुरस्थित निर्माणाधिन शिव मन्दिर क्षेत्रमा  करिब ६५ वर्षीय दावा शेर्पा नाम बताउने पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको  छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप