नगर प्रमुखलाई धम्की दिने व्यक्ति पक्राउ
बिहीबार, ०४ माघ २०८०, १४ : ००
बारा । कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहलाई धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ बस्ने ३६ वर्षीय भोला गिरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार अज्ञात व्यक्तिले फोन गरी धम्की दिएको भन्दै प्रमुख साहले प्रहरीमा जानकारी दिएका थिए । त्यसपछि प्रहरीले विभिन्न माध्यमबाट धम्की दिने व्यक्तिको पहिचान गर्न सफल भएको थियो ।
गिरीलाई कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको बुधबार पक्राउ गरेको न्यौपानेको भनाई छ । उनीमाथि थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण