लक्ष्मी सनराइज बैंकद्वारा ई-कमर्स अक्वायरिङ सेवा सुरु
शुक्रबार, ०५ माघ २०८०, १७ : ५०
काठमाडौँ । लक्ष्मी सनराईज बैंकले “ई-कमर्स अक्वायरिङ गेटवे” सेवा संचालनमा ल्याएको छ । नेप्स अन्तरर्गत ई-कमर्स अक्वायरिङ गर्ने पहिलो बैंक लक्ष्मी सनराईजले यो सेवा नेप्स र भिजाको सहायक संस्था, Cybersource संगको सहकार्यमा विकास गरेको जानकारी दिएको छ ।
यस सेवाको संचालन पश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारीहरुले ई-कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ई-कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरुको निम्ति ग्राहक मार्फत भुक्तानी लिनको लागि सजिलो मध्यम हुन सक्ने कम्पनीको विश्वास छ ।
उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोवार पनि स्वीकार गर्न सकिनेछ भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताबिना छिटो र सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण