कतारले नेपालको आर्थिक–सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको छ : मन्त्री आचार्य
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले मित्र राष्ट्र कतारसँग नेपालको गहिरो सम्बन्ध रहेको बताएका छन् ।
रोजगारीको सिलसिलामा त्यहाँ पुगेका नेपालीहरुका कारण पनि दुई मुलुकबिचको सम्बन्धमा समुदायस्तरमै प्रगाढ रहेको मन्त्री आचार्यको भनाई थियो ।
शुक्रबार काठमाडौँको महाराजगञ्जमा निर्माण गरिएको अल–हैल व्यवसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवनको उद्घाटन समारोहमा बोल्दै उनले कतार सरकार र त्यहाँको कतार च्यारिटीले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा समेत गरे ।
हालसालै तराईका जिल्लाहरुमा कतार च्यारिटीले वितरण गरेको न्यानो कपडाको प्रसंग उल्लेख गर्दै मन्त्री आचार्यले कतारले नेपालका गरिब जनताको हितमा बलियो साथ दिइरहेको बताए ।
मन्त्री आचार्यले विभिन्न व्यवसायिक तालिम दिने प्रयोजनका लागि निर्माण गरिएको सो भवनले नेपाली युवाहरुलाई सीप सिकेर आत्मनिर्भर बन्नका लागि ठूलो योगदान पु¥याउने विश्वास समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण