माछामासु खानेको स्वास्थ्यसँग खेलबाड
पशुपन्छी तथा मत्स्यपालन क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा करिब १२.३१ प्रतिशत र कुल कृषि गार्हस्थ्य उत्पादनमा ३०.९८ प्रतिशत योगदान गरेको छ । मातृ तथा बालबालिकाको कुपोषणको समस्या न्यूनीकरणमा दूध, अन्डा, माछामासुको महत्त्वपूर्ण भूमिका छ । यस आलेखमा माछामासुको गुणस्तर सम्बन्धमा चर्चा गर्नेछु ।
पशु वधशाला र मासु जाँच ऐन (२०५५)को प्रस्तावनामा ‘सर्वसाधारण जनताको स्वास्थ्य र हित कायम राख्न मासु तथा मासुबाट बन्ने खाद्य पदार्थमा मिसावट रोक्न र मासुमा हुने स्वस्थता तथा मासुको स्वाभाविक गुण बिग्रन नदिई उपयुक्त स्तर कायम राख्नका लागि पशु वधशाला स्थापना गर्ने र मासु जाँच गर्ने’ भन्ने उल्लेख छ, तर मासु बजारको अवस्थाको अवलोकन गर्दा सर्वसाधारणको स्वास्थ्य र हितमा ध्यान दिइएको पाइँदैन ।
मासु तथा मासुबाट बन्ने खाद्य पदार्थको स्वाभाविक गुण बिग्रन नदिनका लागि उपरोक्त ऐन ल्याइएकोे हो । जसले रोग लागी वा नलागी कालगतिले मरेको पशुको मासु तथा छालासहितको मासु बिक्री गर्न नपाइने व्यवस्था गरेको छ । यस्तै, पक्षी, सुँगुर, बङ्गुर वा बँदेलको मासु र पशुको जात चिनाउन आवश्यक पर्ने जति हिस्साको मासु वा पशुको टाउको वा खुट्टा छालासहित बिक्री गर्नुपर्ने पनि व्यवस्था छ ।
एक जातको पशुको मासुलाई अर्को जातको भनी वा एक जातको पशुको मासु र अर्को जातको पशुको मासु मिसावट गर्ने, मासुको स्वाभाविक गुण वा स्वाद परिर्वतन गर्ने वा तौल बढाउने गरी कुनै पदार्थ मासुमा मिसाई बिक्री गर्ने गरेमा जरिवाना तथा कैद सजायको व्यवस्था गरिएको छ । यस्ता क्रियाकलाप गर्ने व्यक्तिलाई पहिलोपटक १० हजार रुपैयाँसम्म र दोस्रोपटक २० हजार रुपैयाँसम्म जरिवाना वा तीन महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
परम्परादेखि चलिआएको चाडपर्व, धार्मिक पूजाआजा, कुनै भोजभतेर वा धार्मिक उत्सवजस्ता कार्यको सिलसिलामा पशु वधशाला बाहेकको स्थानमा पशुवध गर्न र छालासहितको मासु उपयोग गर्न ऐनले बाधा पुर्याएको छैन ।
कतिपयले काँचो दूधलाई नतताई दही बनाउने, पञ्चामृतमा काँचो दूधको प्रयोग गर्ने गरेको पाइन्छ । दूध दिने चौपाया क्षयरोगी भए दूध पिउने मानिसमा स्वतः क्षयरोग सर्ने प्रबल सम्भावना हुन्छ । क्षयरोगग्रस्त पशुको दूध राम्ररी नउमाली सेवन गरेमा तुरुन्त क्षयरोग लाग्न सक्छ ।
वध गरेको २४ घन्टासम्म डिप फ्रिजमा राखेको हुनुपर्ने, वध गरिने पशु चौपायालाई तनावबाट मुक्त गराइनुपर्ने, हिँडाएर ल्याएको कम्तीमा दुई दिनपछि मात्र वध गर्नुपर्ने लगायत व्यवस्था गरिएको छ । दुग्धजन्य पदार्थ, अन्डा, मासु लगायत वस्तुको उपभोगका लागि नै पशुपन्छीको उत्पादन गरिन्छ । पशुपन्छीको मासु एनिमल प्रोटिनको एक मुख्य स्रोत हो । मानिसले खानयोग्य स्वस्थकर पशुपन्छीको मासु शरीरका लागि लाभदायक मानिन्छ ।
कुनै पनि उपभोग्य वस्तुहरू सफा सुग्घर ठाउँमा बिक्री–वितरण गर्नुपर्ने प्रावधान छ । राम्रो स्वास्थ्य र दीर्घायु जीवनका लागि स्वस्थ र स्वच्छ खाद्यवस्तु उपभोग गर्न पाउनु उपभोक्ताको अधिकार हो ।
फोहोर ठाउँ वा दुर्गन्धित नालाको छेउछाउमा खसी–बोका, कुखुरा, बङ्गुर, राँगाको वध गरेर मासुको बिक्री गर्नु हुँदैन । हामीकहाँ कतिपय स्थानमा माछाबजार (फिस मार्केट) वरिपरि एकदमै फोहोर देखिन्छ । वरिपरि रहेको दुर्गन्धित फोहोर नालाहरू एवं चौपायाको गोबर तथा बिस्टाले माछा बिक्री स्थानको वातावरण प्रदूषित बनाउँछ । फोहोर वस्तुहरूले माछा संक्रमित हुने र यसबाट उपभोक्तालाई रोग लाग्न सक्ने हुन्छ । माछा संक्रमित भएपछि स्वस्थ माछा उपभोग गर्न पाइँदैन ।
यस्तो काम मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ । त्यसैले माछामासु बिक्री स्थान जहिले पनि एकदमै सफासुग्घर हुनुपर्र्छ । अधिकांश फ्रेस हाउस डर्टी हाउसमा परिणत भएका छन् । लोकल, बोइलर र लेयर कुखुरा काट्दा त्यसबाट निस्कने प्वाँख, भुँडी, खुट्टा, टाउको जस्ता वस्तु व्यवस्थापन गर्ने ठाउँको एकदमै अभाव देखिन्छ । फ्रेस हाउसहरूमा झिँगा भन्किरहेको पाइन्छ । झिँगाले विभिन्न रोग फैलाउन सक्ने भएकाले झिँगा नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ ।
आम मानिसको स्वास्थ्यलाई मध्यनजर गर्दै कृषि उपजमा ‘आलीदेखि थालीसम्म’ तथा ‘दूधमा गोठदेखि ओठसम्म’ र मासुमा ‘वधशालादेखि पाकशालासम्म’ स्वच्छता हुनुपर्ने अभियानलाई देशभर निरन्तर चलाउनुपर्ने देखिन्छ ।
रोग नलागेको स्वस्थ कुखुरा मात्र बेचबिखन गर्न पाइने व्यवस्थालाई कडाइका साथ लागु गर्नुपर्ने देखिन्छ । कुखुराको मासु सस्तो दरमा पाइने हुँदा आम उपभोक्ताले यो मासु बढी मात्रामा खरिद गर्ने गरेको पाइन्छ । बजारमा रोगी, मरेको खसीबोका, कुखुराको मासु बिक्री भइरहेको पनि सुन्नमा आइरहेको हुन्छ । मरेको, रोगी, सडेगलेको माछा मासु सेवनले हाम्रो स्वास्थ्यमा प्रतिकूल असर गर्छ । फोहोर ठाउँमा वध गरिएको फोहोर वा अस्वस्थ पशुपन्छीको मासुले रोग निम्त्याउनुका साथै फुड प्वाइजनिङ भएर ज्यानै जाने जोखिम पनि निम्तिन सक्छ । यस्तै, आधुनिक औषधी र प्रविधिद्वारा हुर्काइएको जनावरको मासुले मुटुरोग, मधुमेह, क्यान्सरजस्ता घातक रोग निम्त्याउँछ ।
पशुपन्छीबाट मानिसमा सर्ने रोगहरूमध्ये क्षयरोग पनि एक हो । धेरै मानिसमा यी रोग पशुबाटै सर्ने गरेको छ । आम उपभोक्ता दूध, दही, मासुको सेवनप्रति सचेत छैनन् । कतिपयले काँचो दूधलाई नतताई दही बनाउने, पञ्चामृतमा काँचो दूधको प्रयोग गर्ने गरेको पाइन्छ । दूध दिने चौपाया क्षयरोगी भए दूध पिउने मानिसमा स्वतः क्षयरोग सर्ने प्रबल सम्भावना हुन्छ । क्षयरोगग्रस्त पशुको दूध राम्ररी नउमाली सेवन गरेमा तुरुन्त क्षयरोग लाग्न सक्छ ।
माछामासु व्यवसायलाई कानुनको दायरामा ल्याएको पाइँदैन । उपभोक्ता खासगरी दूषित र गुणस्तरहीन मासु प्रयोग गर्न बाध्य छन् । मासु पसलहरू व्यवस्थित छैनन् भने व्यवस्थित बनाउने प्रयत्न समेत हालसम्म भएको पाइँदैन । मासु व्यवसायीले न्यूनतम आधारभूत मापदण्ड समेत पालना गरेको देखिँदैन । अव्यवस्थित तथा अस्वस्थ माछामासु बिक्री–वितरण गर्ने व्यवसायीलाई प्रभावकारी अनुगमन गरी कारबाही गरिनुपर्छ ।
आम मानिसको स्वास्थ्यलाई मध्यनजर गर्दै कृषि उपजमा ‘आलीदेखि थालीसम्म’ तथा ‘दूधमा गोठदेखि ओठसम्म’ र मासुमा ‘वधशालादेखि पाकशालासम्म’ स्वच्छता हुनुपर्ने अभियानलाई देशभर निरन्तर चलाउनुपर्ने देखिन्छ ।
व्यवसाय कारोबार दर्ताको प्रमाणपत्र तथा आन्तरिक राजस्व विभागबाट जारी गरिएको स्थायी लेखा नम्बर प्रमाणपत्र लिएर मात्र व्यवसाय कारोबार गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि अधिकांश ठाउँमा मासु पसल दर्ता समेत नगरी सञ्चालनमा आएको पाइन्छ । दर्ता नगरी मासु व्यवसाय गर्ने व्यवसायीलाई राजस्व (कर) छली गरेको अभियोग लगाई सरकारले अविलम्ब कानुनी कारबाही गर्नुपर्छ ।
ऐन र नियमावलीमा पशुपन्छी वध गर्नुपूर्व रोग लागेको छ वा छैन भनेर परीक्षण गराउनुपर्ने, खानयोग्य पशुको मासु बिक्री गर्ने बिक्रेताले अनिवार्य रूपमा इजाजत लिनुपर्ने, पशु वधशालाको नियमित अनुगमन तथा निरीक्षण हुनुपर्ने आदि व्यवस्था गरेको छ ।
नेपाली उपभोक्तामा आहार र पोषणको चेतना पर्याप्त छैन । स्वास्थ्यलाई आवश्यक खानेकुरा भन्दा जिब्रोले रुचाएको कुरा खानमा हाम्रा जोड रहेको देखिन्छ । साकाहारी वा मांसाहारी के बन्ने भन्ने बहस अर्कोतिर छ, सरकारी नीतिहरू पनि माछामासुको उत्पादनमा वृद्धि ल्याउने आसयबाट प्रेरित भइरहेको अवस्थामा मांसाहारीले कस्तो मासु खाने भन्नेमा हाम्रो ध्यान जान जरुरी छ ।
शरीरलाई चाहिने पौष्टिक तत्त्वको आपूर्ति वानस्पतिक आहार र दुग्धजन्य वस्तुबाट समेत पूरा हुने भए पनि नेपाली पोषणविद् तथा चिकित्सकहरूले माछामासु खानुमा जोड दिन्छन् । मासुमा अन्न वा बिरुवाबाट आउने प्रोटिनभन्दा शरीरलाई चाहिने सबै खाले प्रोटिन र खनिज तत्त्व पाइने वैज्ञानिक धारणा देखिन्छ । मासुमा भिटामिन र चिल्लो पदार्थ पनि पाइने भएकाले यसलाई बढी पोषिलो मानिन्छ । कुपोषण हटाउन तथा शल्यक्रिया गरेका घाउ चाँडो भर्न मासुले मद्दत गर्छ । हामीकहाँ चाडपर्व, बिहेवारी, भोजभतेर, पिकनिक, सभा–समारोह आदिमा माछामासुको प्रयोग गरिन्छ । मासु खाने भन्दैमा दिनहुँ र सकेसम्म बढी खानु हुँदैन । आहारविद्हरु मानिसले एक सातामा आधा किलो मासु खान सक्ने बताउँछन् । अर्कोतिर, मासुमा ‘ट्रान्सफ्याट’ धेरै हुने भएकाले त्यस्तो बोसो शरीरमा टाँसिएर बस्ने र त्यसले विभिन्न दीर्घ रोग समेत निम्त्याउन सक्ने चिकित्सकको भनाइ छ । उच्च रक्तचाप, मुटु, मधुमेह, युरिक एसिड र पेटजन्य रोगीलाई माछामासुले समस्या बढाउने हुन्छ, तर अस्वस्थ माछामासुको खानपानले स्वस्थ मानिसलाई पनि रोगी बनाउँछ । तसर्थ वधशालालाई पशु रोगको निगरानी केन्द्रको रूपमा प्रयोग गरिनुपर्छ ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दखल राख्छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण