गौरमा माघ १३ देखि मेयर कप क्रिकेट प्रतियोगिता हुँदै
रौतहट । रौतहटको सदरमुकाम गौरमा मेयर कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । जिल्ला क्रिकेट संघको समन्वय तथा गौर नगरपालिकाको आर्थिक सहयोगमा आगामी माघ १३ गते देखी मेयर कप क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको हो ।
गौर नगरपालिकाको सभा हलमा शनिवार आयोजित पत्रकार सम्मेलनमा क्रिकेट प्रतियोगिताबारे जानकारी दिइयो । मेयर शम्भु साहले क्रिकेट खेलाडीको क्षमता विकासको लागि प्रतियोगिताको आयोजना गरिएको बताए। पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको क्रिकेट खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश र राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले मेयर कपको आयोजना गरिएको मेयर साहले बताए।
आगामी फाल्गुनमा आयोजना हुने पालिकास्तरीय कपको तयारीका लागि खेलाडी चयन गर्न सहज हुने समेत मेयर कपको उद्देश्य रहेको छ। गौरका ९ वटै वडाका टिमलाई तीन समूहमा विभाजन गरी लिग खेल खेलाइने क्रिकेट सङ्घका कोषाध्यक्ष विक्रान्तविक्रम नेपालले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा विजेता हुने टिमलाई २५ हजार र उपबिजेता हुने टिमलाई १५ हजार नगद पुरस्कार दिइने छ । प्रत्येक खेलमा म्यान फ द म्याच हुनेलाई १५ सय, म्यान फ द सिरिज हुनेलाई ५ हजार, वेस्ट बलरलाई २१ सय, वेस्ट ब्याट्स म्यान लाई २१ सय र वेस्ट किपरलाई २१ सय नगद पुरस्कार र सिल्ड कप लगायत प्रदान गरिने जनाइएको छ ।
पत्रकार सम्मेलनमा मेयर साहका साथै प्रमुख प्रशासकीय अधिकृत सुवास ठाकुर, क्रिकेट सङ्घका अध्यक्ष पवन साह, उपाध्यक्ष मनोज शर्मा, निर्वाचित वडा अध्यक्ष तथा क्रिकेट टिमका कप्तानहरूको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भू-भागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनी
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
विश्वकप अन्तिम १६ : ऐतिहासिक रंगशालामा मेक्सिको र इंग्ल्याण्डबिच महाभिडन्त
-
छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्दै उपमहानगरपालिका
-
बागरमा खानेपानीको समस्या
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण