बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिले बुझायो अध्ययन प्रतिवेदन

आइतबार, ०७ माघ २०८०, १६ : २९
आइतबार, ०७ माघ २०८०

काठमाडौँ । श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई अध्ययन प्रतिवेदन बुझाएको छ । 

आइतबार सिंहदरबारस्थित मन्त्रालयमा समितिले श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना अध्ययन प्रतिवेदन मन्त्री किराँतीलाई बुझाएको हो । प्रतिवेदन बुझाउँदै समिति सदस्यसचिव घनश्याम खतिवडाले ट्रस्टी मोडलमा विश्वविद्यालय बनाउने बताए । नेपालमा प्रचलित शास्त्रीय संस्कार, संस्कृति र दर्शनका साथै नेपालका विभिन्न जातजातिमा प्रचलित धर्म, दर्शन र लोकसंस्कृतिको अध्ययन, अनुसन्धानलाई मुख्य लक्ष्य बनाएर स्थापना गरिने विश्वविद्यालयको नेपालमुखी अध्ययन प्रमुख उद्देश्य रहेको बताए । उनले नेपालको जनजीवन र माटोलाई चिनेको दक्ष एवं स्वावलम्बी जनशक्तिको उत्पादन गर्नु नै विश्वविद्यालयको लक्ष्य रहेको बताए । 

उनले भने, ‘ट्रस्टी मोडलमा विश्वविद्यालय बनाउने सोच यो समितिले तय गरेको छ । नेपालमा प्रचलित शास्त्रीय संस्कार, संस्कृति र दर्शनका साथै नेपालका विभिन्न जातजातिमा प्रचलित धर्म, दर्शन र लोकसंस्कृतिको अध्ययन, अनुसन्धानलाई मुख्य लक्ष्य बनाएर स्थापना गरिने यस विश्वविद्यालयको नेपालमुखी अध्ययन हो । नेपालको जनजीवन र माटोलाई चिनेको दक्ष एवं स्वावलम्बी जनशक्तिको उत्पादन हो । ओंकार भित्रका सम्पूर्ण विषय, संस्कृति, कला र दर्शनलाई नेपाली माटोको वास्तविकतासँग जोडेर विश्वका अनुसन्धानकर्ता एवं अध्येतालाई यसतर्फ आकर्षित गर्दै नेपाली पन र नेपाली मन दिएर राष्ट्र विकासमा लागिपर्ने, राष्ट्रवादी जनशक्ति तयार गर्ने वृहत् उद्देश्यका साथ स्थापन हुन लागेको विश्वविद्यालय नितान्त नेपालको पहिचान विश्व परिदृश्यमा स्थापित गरी विश्वलाई नेपालतर्फ आकर्षित गर्न सक्ने गुणस्तरीय विश्वविद्यालय बन्नेछ । पशुपति क्षेत्र विकास कोषको प्रस्तावित गुरुयोजनामा भगवान् श्री पशुपतिनाथका नामबाट शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा कार्य गर्न कोषलाई निर्देश गरेको सन्दर्भले समेत पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गोठाटारस्थित जम्कामा विश्वविद्यालय स्थापना गर्न आवश्यक र उपयुक्त भएकाले सो सम्बन्धित निर्णय गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक समितिसमक्ष अनुरोध गरिएको छ ।’

समिति संयोजक डा.जगमान गुरुङले ८ दिनपछि जग्गाको कित्ताकाट भएसँगै ८५ प्रतिशत काम सम्पन्न हुने बताए । उनले कानूनको मस्यौदा आएपछि र विभिन्न विज्ञहरूले सुझाव दिएसँगै विश्वविद्यालय स्थापनाको कार्यविधि शतप्रतिशत सम्पन्न हुने बताए । उनले श्री पशुपति हिन्दु विश्वविद्यालयको कारणबाट विश्वलाई नेपालप्रति आकर्षित गर्ने बताए । 

संयोजक डा.जगमान गुरुङ रहेको समितिमा सदस्यहरूमा प्रा.डा. रामचन्द्र गौतम, प्रा. चेतोनाथ गौतम, कमल ढकाल, डा. घनश्याम खतिवडा सदस्यसचिव, प्रा.डा. प्रेमकुमार खत्री रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप