शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

पर्फर्मेन्स खस्किएपछि बैंकहरुको नाफा ३ अर्ब १७ करोडले खुम्चियो

नेपाल बैंकको नाफामा उच्च गिरावट !
आइतबार, ०७ माघ २०८०, १९ : ०१
आइतबार, ०७ माघ २०८०

काठमाडौँ । नेप्सेमा सूचिकृत २० वटै वाणिज्य बैंकहरुको चालु आर्थिक वर्षको छ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक भएको छ । 

आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म बैंकहरुले गरेको आर्थिक कारोबार कर्जा लगानीबाट प्राप्त ब्याज आम्दानी, बैंक सञ्चालन खर्च लगायत विविध खर्च–आम्दानीलाई हेर्दा कमजोर पर्फमेन्स् प्रहर्सन देखिएको हो । 

बैंकहरुले जारी गरेको वित्तीय रिपोर्ट अनुसार अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा आर्जन गरेको नाफाको तुलनामा यो वर्ष बैंकहरुले झण्डै १० प्रतिशतले नाफा गुमाएका छन् । 

आर्थिक वर्षको पुस मसान्तसम्म बैंकहरुले कूल २८ अर्ब ७६ करोड ५२ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जबकि अघिल्लो वर्षको पुस मसान्तसम्म बैंकहरुले ३१ अर्ब ९४ करोड ३१ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । तुलनात्मक रुपमा यो वर्ष बैंकहरुको नाफा ९.९५ प्रतिशतले खुम्चिन पुगेको हो । 

खासगरी तीव्र आर्थिक मन्दीको असर बैंकहरुको ब्याजदर वृद्धिसँगै कर्जा लगानीमा आएको सुस्तता र बैंकहरुको खराब कर्जा (एनपीएल) अनपेक्षित रुपमा बढ्न पुग्दा बैंकहरुको नाफामा संकुचन आएको हो । 

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो मंसिर मसान्तसम्ममा वाणिज्य बैंकहरुको खराब कर्जाको दर ३.६१ प्रतिशत रहेको छ । समीक्षा अवधिमा समग्र बैंक तथा वित्तयी संस्थाहरुको यस्तो खराब कर्जाको दर ३.६६ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांक छ । 

२० वटा बैंकमा १६ वटाको रिपोर्ट नेगेटिभ !

रिपोर्ट हेर्दा अधिकांश बैंकहरुको रिपोर्ट नेगेटिभ देखिएका छन् । जम्मा २० वटा वाणिज्य बैंकहरुमा १६ वटाको रिपोर्ट नेगेटिभ आएको छ । प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र कृषि विकास बैंक (अघिल्लो वर्ष ऋणात्मक भएकाले) बाहेक अन्य १६ वटा बैंकहरुको प्रतिफल घटेको छ । 

अघिल्लो वर्षको तुलनामा यो वर्षको छ महिनामा बैंकहरुको नाफा न्यूनतम १.५५ प्रतिशतदेखि अधिकतम ४९.६० प्रतिशतसम्मले घटेको छ । 

उच्चदरमा नाफा घट्नेमा सरकारी स्वामित्वको बैंक ‘नेपाल बैंक’ (४९.६० प्रतिशत) रहेको छ भने कम प्रतिशतले नाफा घट्नेमा स्ट्यान्र्ड चार्टर्ड बैंक (१.५५ प्रतिशत) रहेको छ । आर्थिक वर्ष २०७९/८० मा नेपाल बैंकले १ अर्ब १७ करोड ६ लाख ५५ हजार रुपैयाँ र स्ट्यान्र्ड चार्टर्ड बैंकले १ अर्ब ७५ करोड ३६ लाख ३५ हजार रुपैयाँ नाफा कमाएकोमा यो वर्षको पुस मसान्तसम्ममा बैंकहरुले क्रमशः ५९ करोड ५१ लाख रुपैयाँ र १ अर्ब ७२ करोड ६४ लाख २८ हजार रुपैयाँ नाफा कमाएका छन् । 

उच्च नाफा वृद्धि गर्नेमा ‘हिमालयन बैंक’

तर, यता समीक्षा अवधिमा अधिक नाफा वृद्धि गर्नेको शीर्ष स्थानमा हिमालयन बैंक देखिएको छ । बैंकले पुस मसान्तसम्ममा १ अर्ब ५० करोड ३९ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको पुस मसान्तमा जम्मा ९५ करोड ४७ लाख ४ हजार रुपैयाँ मात्र नाफा कमाएकोमा यो वर्ष बैंकले ५७.५३ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको हो । 

बैंकहरुको तुलनात्मक नाफाको स्थिति (अंक हजारमा)

bb1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप