रमेश बस्नेतलाई एसएसपीमा बढुवा गर्न सिफारिस
आइतबार, ०७ माघ २०८०, १९ : ०७
काठमाडौँ । नेपाल प्रहरीका उपरीक्षक (एसपी) रमेश कुमार बस्नेत वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले बस्नेतलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
एसएपीमा बढुवा सिफारिस गर्ने समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव हुन्छन् । जनपदतर्फ प्रहरी वरिष्ठ उपरीक्षक मोहन पोखरेल अवकाशमा गएपछि एउटा दरबन्दी रिक्त थियो । एसएसपीमा बढुवा हुन बस्नेतसँगै हिरा बहादुर पाण्डे र रवीन्द्र रेग्मी पनि प्रतिस्पर्धामा थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण