शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

पाम र भटमासको तेलको समग्र व्यापार सुस्तायो

सोमबार, ०८ माघ २०८०, ०६ : २०
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । कुनै समय गुलजार रहेको पाम र भटमासको तेलको समग्र व्यापार सुस्ताउँदा मुलुकको अन्तर्राष्ट्रिय व्यापार नै सङ्कुचनमा परेको छ । अघिल्ला दुई आर्थिक वर्षमा सबैभन्दा धेरै आयात निर्यात हुने शीर्ष पाँचमध्ये पर्ने यी दुई वस्तुको व्यापार चालु आवमा अत्यन्त न्यून मात्र कारोबार भएको देखिन्छ । खास गरी कच्चा पाम र भटमास आयात गर्ने र त्यसलाई प्रशोधनमार्फत भारत निर्यात गरेर प्रशस्त आम्दानी भइरहेकामा भारतको एउटा नीतिका कारण यी दुवैको नेपालबाट हुने व्यापार खस्किएको हो । 

भारतले कच्चा पाम र भटमासको भन्सार महसुल नलाग्ने व्यवस्था गरेपछि भारतीय व्यापारीले सोझै यी वस्तुको आयात गर्दा नेपालले प्राप्त निर्यातको अवसर गुमाएको देखिन्छ । जसले गर्दा आर्थिक वर्ष २०७८/७९ को छ महिना (साउन–पुस) मा यी दुई वस्तु ६६ अर्ब रुपियाँभन्दा बढीको निर्यात भएकामा चालु आवको सोही अवधिसम्म तीन अर्ब रुपियाँ पनि पुग्न सकेको छैन । दुई वर्षको अन्तरालमै यी दुई वस्तुको समग्र आयात नै ६३ अर्ब रुपियाँले घटेको तथ्याङ्कले देखाउँछ । 

गत आवको सोही अवधिको तुलनामा पनि यी दुई वस्तुको निर्यात चालु आवमा २३ अर्ब रुपियाँले घटेको देखिन्छ । आव २०७९/८० को छ महिनामा करिब २६ अर्ब रुपियाँ बराबरको यी वस्तुको निर्यात भएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप