चीन–किर्गिस्तान सीमामा शक्तिशाली भूकम्प
काठमाडौँ । सोमबार राति ११ बजेर ३९ मिनेटमा चीन–किर्गिस्तान सीमा क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु दक्षिणी सिनजियाङमा जमिनबाट २२ किलोमिटर तल थियो।
समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पमा धेरै भवनहरू भत्किएका छन् भने धेरै मानिस घाइते भएका छन् । भूकम्पपछि ४० वटा परकम्प पनि गइसकेका छन् ।
भूकम्पको सबैभन्दा बढी प्रभाव उरुम्की, कोरला, काशगर, यिनिङमा महसुस भएको थियो। चीनको सिनजियाङ रेलवे विभागले २७ वटा रेल सञ्चालन रोक्नु परेको जनाएको छ ।
विभिन्न स्थानमा फसेका मानिसको उद्धार गर्न उद्धारकर्मीको टोली पठाइएको छ । चीनमा गएको भूकम्पको प्रभाव भारतमा पनि देखिएको छ । दिल्ली-एनसीआरमा लामो समयसम्म भूकम्पको धक्का महसुस गरिएको थियो। आतंकित मानिसहरु घरबाहिर निस्किएर खुला ठाउँमा पुगेका थिए ।
यसअघि जनवरी ११ मा अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा दिउँसो २ बजेर २० मिनेटमा शक्तिशाली भूकम्प गएको थियो । जसका कारण पाकिस्तानको इस्लामाबाद, रावलपिण्डी र जम्मु कश्मीर, जयपुरदेखि भारतको दिल्ली–एनसीआरसम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।
भूकम्पको तीव्रता ६ दशमलव १ मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसको केन्द्र हिन्दुकुशमा जमिनबाट करिब २२० किलोमिटर तल थियो। २०२३ नोभेम्बर ४ मा राति ११:३२ बजे नेपालमा आएको ६.४ म्याग्निच्युडको भूकम्पले १५७ जनाको ज्यान गयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण