शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चीन–किर्गिस्तान सीमामा शक्तिशाली भूकम्प

मङ्गलबार, ०९ माघ २०८०, ०८ : ५९
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । सोमबार राति ११ बजेर ३९ मिनेटमा चीन–किर्गिस्तान सीमा क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु दक्षिणी सिनजियाङमा जमिनबाट २२ किलोमिटर तल थियो। 

समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पमा धेरै भवनहरू भत्किएका छन् भने धेरै मानिस घाइते भएका छन् । भूकम्पपछि ४० वटा परकम्प पनि गइसकेका छन् । 

भूकम्पको सबैभन्दा बढी प्रभाव उरुम्की, कोरला, काशगर, यिनिङमा महसुस भएको थियो। चीनको सिनजियाङ रेलवे विभागले २७ वटा रेल सञ्चालन रोक्नु परेको जनाएको छ ।

विभिन्न स्थानमा फसेका मानिसको उद्धार गर्न उद्धारकर्मीको टोली पठाइएको छ । चीनमा गएको भूकम्पको प्रभाव भारतमा पनि देखिएको छ । दिल्ली-एनसीआरमा लामो समयसम्म भूकम्पको धक्का महसुस गरिएको थियो। आतंकित मानिसहरु घरबाहिर निस्किएर खुला ठाउँमा पुगेका थिए ।

यसअघि जनवरी ११ मा अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा दिउँसो २ बजेर २० मिनेटमा शक्तिशाली भूकम्प गएको थियो । जसका कारण पाकिस्तानको इस्लामाबाद, रावलपिण्डी र जम्मु कश्मीर, जयपुरदेखि भारतको दिल्ली–एनसीआरसम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पको तीव्रता ६ दशमलव १ मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसको केन्द्र हिन्दुकुशमा जमिनबाट करिब २२० किलोमिटर तल थियो। २०२३ नोभेम्बर ४ मा राति ११:३२ बजे नेपालमा आएको ६.४ म्याग्निच्युडको भूकम्पले १५७ जनाको ज्यान गयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप