सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कामदारहरुको अत्यधिक चियोचर्चा गरेको भन्दै एमाजनलाई तिराइयो जरिवाना

मङ्गलबार, ०९ माघ २०८०, १८ : २६
मङ्गलबार, ०९ माघ २०८०

क्यालिफोनिर्या । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनलाई जरिवाना तिराइएको छ । आफ्ना कामदारहरुमाथि चाहिने भन्दा अति धेरै जासुसी गरेको भन्दै फ्रान्समा कम्पनीलाई ३ करोड २० लाख यूरो जरिवाना तिराइएको हो । 

कम्पनीले कामदारका हरेक गतिविधिको रेकर्ड राख्ने गरेको पाइएको थियो । कामको बीचमा हरेक सानातिना ‘ब्रेक’को लागि पनि कर्मचारीहरुले स्पष्टीकरण दिनु पर्थ्यो । कम्पनीले ३१सैं दिन कर्मचारीकोहरुको डेटा किन राख्नु परेको भनेर फ्रान्सको डेटा सुरक्षा एजेन्सी सीएनआईएलले प्रश्न उठाएको थियो । कर्मचारीहरुले गुनासो गर्न थालेको अनि सञ्चार माध्यमहरुले पनि एमाजन फ्रान्स लजिष्टिकको यस्ता गतिविधिबारे समाचारहरु छाप्न थालेपछि एजेन्सीले यस मामिलामा छानबिन सुरु गरेको थियो । 

कर्मचारीहरुमाथि दूरव्यवहार गरेको भन्दै एमाजन बेलाबेलामा विवादमा आइरहन्छ । केही समयअघि कम्पनीका डेलिभरी चालकहरुले पिसाब फेर्न समेत फुर्सद नपाएर बोतलमा पिसाब फेर्दै बाटोमा फ्याक्ने गरेको समाचार भाइरल बनेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप