रिलिजअघि फाइटरलाई झट्का, यी देशमा प्रतिबन्ध
नयाँ दिल्ली । ऋतिक रोशन र दीपिका पदुकोणको एरियल एक्शन फिल्म फाइटर यतिबेला निकै चर्चामा छ । बिहिबारदेखि फिल्म सिनेमा हलमा आउँदै छ । एड्भान्स बुकिङमा पनि फिल्मले शानदार कलेक्सन गरिरहेको छ । यसैबिच मेकरहरूलाई ठुलो झट्का लागेको छ । ऋतिक रोशनको फिल्मलाई मध्य पूर्वका कयौँ देशमा प्रतिबन्ध लगाइएको छ ।
फिल्म बिजनेस एक्सपर्ट र निर्माता गिरीश जौहरले बताएअनुसार ऋतिकको फिल्म संयुक्त अरब इमिरेट्स (यूएई)बाहेक मध्य पूर्वका सबै देशमा प्रतिबन्ध लगाइएको छ । सामाजिक सञ्जाल मञ्च एक्समा पोस्ट शेयर गर्दै जौहरले यो जानकारी दिएका हुन् । ‘फाइटरलाई आधिकारिक रूपमा मध्य पूर्वका कयौँ देशमा प्रतिबन्ध गरिएको छ । यो फिल्म यूएईको सिनेमा हलमा पीजी १५ क्लासिफिकेशनको साथमा रिलिज हुनेछ ।’ पोस्टमा भनिएको छ ।
हिन्दुस्तान टाइम्समा छापिएको एउटा समाचारका अनुसार फिल्मको टिमसँग जोडिएको एउटा स्रोतले यो खबरलाई पुष्टि गरेको हो । तर मेकरहरूले यस मामिलामा आफ्नो आधिकारिक विज्ञप्ति जारी गरेको छैन । फिल्म जनवरी २५ मा रिलिज हुँदैछ । फिल्म भारतीय हवाई सैन्य बलमाथि बनेको हो । फिल्ममा ऋतिक र दीपिका बाहेक अनिल कपूर, किरण सिंह ग्रोवर र संजीदा शेख जस्ता कलाकार छन् । फिल्मको निर्देशन सिद्धार्थ आनन्दले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण