‘तपस्वी’ बम्जनविरुद्ध उजुरी गर्ने किशोरीका बुवाको दुर्घटनामा मृत्यु
काठमाडौँ । ‘तपस्वी’ रामबहादुर बम्जनविरुद्ध उजुरी गर्ने किशोरीका बुवाको दुर्घटनामा मृत्यु भएको छ । बम्जनविरुद्ध सर्लाही प्रहरीमा किशोरीले बालयौन शोषणको जाहेरी दिएकी थिइन् ।
रौतहटबाट सिन्धुलीको डकाहा जाँदै गरेका ती किशोरीका बुवा सवार बा.५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानमा ट्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको हो । मङ्गलवार साँझ दुर्घटनामा परेर गम्भीर घाइते भएका ६३ वर्षीय पुरुषको सिन्धुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सिन्धुलीका एसपी राजकुमार सिलवालले रातोपाटीलाई बताए ।
भिमानतर्फ जाँदै गरेको प्रदेश–२–०४–००१ ट–००१० नम्बरको ट्याक्टर चालक पुष्पलाल अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
किशोरीका बुवासँगै आएका ना.११ प ५७५० नम्बरको मोटरसाइकल चालकलाई पनि ट्याक्टरले ठक्कर दिएको छ । सो मोटरसाइकलका चालक सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । बम्जन मङ्गलवार साँझ काठमाडौँको हात्तिगौंडाबाट पक्राउ परेका हुन् । अहिले उनी मुद्दा पुर्पक्षका लागी कारागार कार्यालय महोत्तरीमा थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण