पशु चौपायामा लाग्ने रोगविरुद्धको खोप वार्षिक साढे ५ करोड डोज उत्पादन
बिहीबार, ११ माघ २०८०, १६ : १९
काठमाडौँ । नेपालमा पशु चौपायामा लाग्ने रोगविरुद्ध वार्षिक रुपमा साढे ५ करोड डोज खोप उत्पादन हुने गरेको छ । देशभरका पशु चौपायामा लाग्ने १३ किसिमका रोगका लागि साढे ५ करोड डोज उत्पादन हुने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले बताए ।
पशुमा लाग्ने पीपीआर, रानीखेत, स्वाइन फिभर लगायत रोगका विरुद्ध सो खोप उत्पादन गरिन्छ । ढकालका अनुसार साढे पाँच करोड डोज खोपमध्ये ३ करोड खोप किसानलाई निःशुल्क दिइने गरिएको छ । बाँकी रहेको खोप निजी कम्पनीले लैजाने गरेको उनले बताए ।
वार्षिक रुपमा ५० लाख डोज खोप खोरेत रोगविरुद्धको बाहिरबाट ल्याउने गरिएको उनले उल्लेख गरे । नेपालमा खोरेत रोगविरुद्धको खोप उत्पादन गर्नका लागि जनशक्ति नभएको, प्रविधि महँगो पर्ने भएकाले सो खोप उत्पादन गर्न नसकिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण