आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रियसभा निर्वाचन

कांग्रेसले पटकपटक अन्तर्घात गर्‍यो सहकार्य भंग हुन्छ : अध्यक्ष नेम्वाङ

बिहीबार, ११ माघ २०८०, १७ : ४६
बिहीबार, ११ माघ २०८०

काठमाडौँ । माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले कोशी प्रदेशमा कांग्रेससँगको सहकार्य भंग हुने बताएका छन् । बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट उम्मेदवार रहेकी चम्पा कार्की पराजित भएपछि नेम्वाङले कांग्रेससँग सहकार्य तोड्ने चेतावनी दिएका हुन् ।

उनले भने,‘गठबन्धनमा कांग्रेसले माओवादीलाई पटकपटक धोका दिएको छ । कांग्रेसकै कारण यसअघि संसदमा माओवादीले सभामुख गुमायो । अहिले पनि हाम्रा उम्मेदवार पराजित भएको । पार्टी नेतृत्वले केन्द्रमा सहकार्य भएपनि प्रदेशमा कांग्रेससँग सहकार्य भंग गर्छौँ ।’

कार्कीलाई पाँच हजार ८६ ले पराजित गरी एमालेकी रूक्मणि कोइराला विजयी भएकी छिन् । गठबन्धनसँग बहुमत हुँदाहुँदै कार्कीले जम्मा चार हजार ९९२ मत पाएकी छिन् ।

कोशीमा १७ जना स्थानीय तहका गठबन्धनका प्रतिनिधि ३ जना प्रदेश सांसद फलोर क्रस गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप