भट्टलाई दलको नेताबाट हटाएका धामी भन्छन्– मन्त्रीहरू तत्काल फिर्ता हुँदैनन्
काठमाडौँ । बहुमतबाट माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता चयन भएका मानबहादुर धामीले तत्काल मन्त्रिमण्डल फेरबदल नहुने प्रतिक्रिया दिएका छन् ।
शुक्रबार बसेको संसदीय दलको बैठकले नेता खगराज भट्टलाई हटाएर धामी दलको नेता चयन भएका हुन् । ‘बहुमतबाट निर्णय भएपनि तत्काल हामी मन्त्रिपरिषद् पुनर्गठन वा सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउँदैनौँ । नेता परिवर्तन भएपनि संसदीय दलमा सबैलाई मिलाएर लैजान्छु’, रातोपाटीसँग कुराकानी गर्दै धामीले भने ।
प्रमुख सचेतक समेत रहेका धामीलाई उपनेता अक्कलबहादुर रावल, राज्यमन्त्री गीता माल, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विकले समर्थन गरेका थिए । प्रदेशसभा सभामुखसहित माओवादीका १० जना सांसद रहेका छन् । तीमध्ये भट्टसहित सरकारमा सहभागी मन्त्रीहरू सामाजिक विकासमन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र सांसद जानकीदेवी कुँवर अनुपस्थित रहेका थिए ।
दलको निर्णय पार्टी कमिटीलाई समेत जानकारी गराइसेको धामीले बताए । यसअघि धामीले प्रदेशसभामा दोस्रो ठुलो दल हुँदासमेत संसदीय दलका नेता भट्टले कांग्रेससाम निरीहता देखाएको आरोप लगाएका थिए । सरकारमा सहभागी मन्त्रीहरू तत्काल फिर्ता बोलाए समस्या समाधान हुनसक्ने धामीले बताएका थिए ।
सरकारको काम कारबाही पारदर्शी नभएको, जबाफदेहिता नभएको, कांग्रेसले सिङ्गो पार्टी सिस्टम जस्तो गरी सरकार चलाएको, माओवादीका मन्त्रीहरू निरीह भएको लगायत आरोप लगाउँदै सरकारबाट मन्त्री फिर्ता र संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने माग दाबीसहित प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकलम दाहाललाई धामी लगायतका नेताहरुले पत्र नै बुझाएका थिए । त्यसपछि अध्यक्ष प्रचण्डले ग्रिन सिग्नल दिएपछि सुदूरपश्चिम माओवादी संसदीय दलको नेता परिवर्तन भएको माओवादी नेता कार्यकर्ताहरुको बुझाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण