आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अर्जुनको ‘न सोध पिर के को ?’ सार्वजनिक

शुक्रबार, १२ माघ २०८०

काठमाडौँ । लोक गायक अर्जुन सापकोटाले नयाँ गीत ‘न सोध पिर के को ?’ सार्वजनिक गरेका छन् । गायनमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।

गीतको भिडियोमा अर्जुन स्वयंम प्रस्तुत छन् । उनको जोडीका रुपमा मोडल जुना विश्वकर्मा देखिएकी छन् । अतिथि कलाकारका रुपमा बादल घिमिरे र श्रीधर अधिकारीले समेत अभिनय गरेका छन् । 

काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा भिडियो बनेको हो । गीतका शब्द भने गायक रविन लामिछानेले लेखेका हुन् । अर्जुनकै संगीत रहेको गीतमा कृष्ण बि.के. ‘भान्जा’को संगीत संयोजन छ ।

अर्जुनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोमा राम केसीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया