युवाको हत्यामा संलग्न चार जना पक्राउ
म्याग्दी । सदरमुकाम बेनी बजारमा भएको हत्या घटनामा संलग्न चार जना पक्राउ परेका छन् ।
बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगङ्गा गाउँपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको बिहीबार साँझ बेनीको न्यूरोडमा चक्कु प्रहार गरी हत्या गरिएको थियो । घटनामा संलग्नताको आरोपमा पक्राउ परेकाको विवरण प्रहरीले आज सार्वजनिक गरेको हो ।
हत्यामा संलग्न धवलागिरि गाउँपालिका–४ का अमृत पुर्जा, शङ्कर घर्ती, रघुगङ्गा–७ का १९ वर्षीय उत्सव पुन र मङ्गला गाउँपालिका–२ का २३ वर्षीय जीवन जिसीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिए ।
ज्यानसम्बन्धी कसुर÷मुद्दा शीर्षकअन्तर्गत जिल्ला अदालतबाट बिहीबारदेखि पाँच दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ । प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार छातीमा चक्कु प्रहार गरेर सख्त घाइते बनाइएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण