शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

महावीर पुनले वीरेन्द्रनगरमा बेचे १७१६ पुस्तक

शनिबार, १३ माघ २०८०, १३ : ३५
शनिबार, १३ माघ २०८०

सुर्खेत । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सुर्खेतको वीरेन्द्रनगरमा एक हजार ७ सय १६ वटा किताब बेचेका छन् ।

उनले चार दिनको अवधिमा एक हजार ७ सय १६ वटा किताब बिक्री गरेका हुन् । 

चार दिनअघि सुर्खेतको राजधानी वीरेन्द्रनगरमा आएका उनले पहिलो दिनमा ४ लाख ४६ हजार २५० रुपैयाँको ५९५ पुस्तक बिक्री गरेका थिए ।

यस्तै दोस्रो दिन २ लाख ६२ हजार ५०० को ३५० वटा किताब बिक्री गरेका उनले तेस्रो दिनमा ३ लाख १५ हजार ७५० रुपैयाँको  ४२१ पुस्तक बिक्री गरे । उक्त दिन राष्ट्रिय सभाको निर्वाचन थियो । निर्वाचन स्थलमै पुगेर पुनले नेताहरुलाई समेत किताब बेचेका थिए ।

चौथो दिनमा २ लाख ६२ हजार ५०० को ३५० किताब बेचेर उनी शुक्रबार दैलेखतर्फ लागे । पुनले शनिवार दैलेख सदरमुकाममा किताब बेचिरहेका छन् ।

वीरेन्द्रनगरमा स्थानीय समाजसेवी युवा नवराज बोहोरालगायतले पुनलाई किताब बिक्री गर्नमा सहयोग गरेका थिए । युवाहरुकै सहयोगमा वीरन्द्रनगरका विभिन्न चोक तथा विद्यालयहरुमा किताब बिक्री गरिएको थियो ।  

पुनले वीरगंजको कृषि औजार कारखाना सञ्चालनका लागि उक्त किताब बिक्री गरिरहेका छन् । किताब पुनकै जीवनमा आधारित रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप