राष्ट्र बैंकले गर्यो आधा दर्जन बैंक वित्तीय संस्थालाई कारबाही
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको हो ।
नेपाल राष्ट्र बैंकको नियम उल्लंघन गरेपछि ग्लोबल आईएमई, हिमालयन र प्रभु बैंक कारबाहीमा परेका छन् । यस्तै, मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक समेत केन्द्रीय बैंकको फन्दामा परेका छन् । यसबाहेक, रिलायन्स फाइनान्सलाई समेत राष्ट्र बैंकले कारबाही गरेको छ ।
कारबाहीमा पर्ने बैंक तथा वित्तीय संस्थाको सूचीमा ३ वाणिज्य बैंक, २ विकास बैंक र १ फाइनान्स कम्पनी छन् । केन्द्रीय बैंकको सुपरभिजन विभागले स्थलगत अनुगमनका क्रममा नियमविपरित काम गरेको पाइएपछि कारबाही गरेको जानकारी दिइएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले सेवाग्राहीसँग नियमभन्दा बढी ब्याज असुल गरेर फिर्ता नगरेको पाइएको थियो । यस्तै, कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीवापत कायम गर्नुपर्ने व्यवस्था नगरेको लगायत छन् ।
यस्तै, अनुगमनका क्रममा पुँजी पर्याप्तता गणना गर्दा नेपाल राष्ट्र बैंकको नियम नमानेको लगायतका नियम उल्लघंन गरेको पाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण