विभिन्न स्थानमा ६ जना मृत फेला
काठमाडौँ । देशका विभिन्न स्थानमा ६ जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ । भोजपुरको आमचोक गाउँपालिका-३ खाईताङस्थित खोल्सामा सोही नगरपालिका-३ चण्डीडाँडा बस्ने तारा बहादुर खत्रीको छोरी १३ वर्षीया कृष्णा खत्री शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।
त्यस्तै पर्साको बहुदरमाई नगरपालिका-७ फुलकौलस्थित फलिया पोखरीमा सोही ठाउँ बस्ने ३० वर्षीय नरेश राम शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता काभ्रेको पनौती नगरपालिका-५ सुन्दरबस्ती बस्ने ३४ वर्षीय दिपक खत्री आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी उदयपुरको बेलका नगरपालिका-८ बकुन्द्रे खोलास्थित सोही ठाउँ बस्ने ६९ वर्षीय नर बहादुर बिक शनिबार मृत अवस्थामा फेला परेका छन् । पाल्पाको तानसेन नगरपालिका-१ भुसालडाँडा बस्ने ३५ वर्षीया रीता सोमई आफ्नै घरभित्र शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
यस्तै बर्दियाको राजापुर नगरपालिका-१० स्थित मझेरा जाने झुलुङगे पुलको तल मधुवन नगरपालिका-२ ओराली बजार बस्ने ३५ वर्षीय सरोज सुनार शनिबार मृत अवस्थामा फेला परेका छन् । घटनाको आवश्यक अनुसन्धानको लागि ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण