आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कृषि ऐन र संक्रामक पशु रोग नियन्त्रण ऐन कानुन मन्त्रालयमा पेस

शनिबार, १३ माघ २०८०, १६ : ०१
शनिबार, १३ माघ २०८०

काठमाडौँ । कृषि ऐन र संक्रामक पशु रोग नियन्त्रण ऐन, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पेस भएको छ । कृषि ऐन र संक्रामक पशु रोग नियन्त्रण ऐन अर्थ मन्त्रालयको सहमतिमा कानुन मन्त्रालयमा पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

संघीयता अगाडि नै छलफल गरी बनेको कृषि व्यवसाय प्रवर्द्धन ऐनले समग्र कृषि क्षेत्रलाई समेट्न नसक्ने भएकाले परिमार्जन गरी सो ऐन कानुन मन्त्रालयमा पेस गरिएको मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्रप्रसाद बोहराले बताए ।

यस्तै, संक्रामक पशु रोग नियन्त्रण ऐनमा पशु चौपायामा लाग्ने विभिन्न रोग र यसको क्षतिपूर्तिको विषयलाई समेटिएको उनले उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप