कृषि ऐन र संक्रामक पशु रोग नियन्त्रण ऐन कानुन मन्त्रालयमा पेस
शनिबार, १३ माघ २०८०, १६ : ०१
काठमाडौँ । कृषि ऐन र संक्रामक पशु रोग नियन्त्रण ऐन, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पेस भएको छ । कृषि ऐन र संक्रामक पशु रोग नियन्त्रण ऐन अर्थ मन्त्रालयको सहमतिमा कानुन मन्त्रालयमा पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
संघीयता अगाडि नै छलफल गरी बनेको कृषि व्यवसाय प्रवर्द्धन ऐनले समग्र कृषि क्षेत्रलाई समेट्न नसक्ने भएकाले परिमार्जन गरी सो ऐन कानुन मन्त्रालयमा पेस गरिएको मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्रप्रसाद बोहराले बताए ।
यस्तै, संक्रामक पशु रोग नियन्त्रण ऐनमा पशु चौपायामा लाग्ने विभिन्न रोग र यसको क्षतिपूर्तिको विषयलाई समेटिएको उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण