आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

आइतबार, १४ माघ २०८०, ११ : ०१
आइतबार, १४ माघ २०८०

काठमाडौँ । नेपाली बजारमा तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो बिहीबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रवार र आज आइतबार पनि सोही कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो बिहीबारकै मूल्यमा प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यता चाँदीको मूल्य पनि गत बिहीबारकै मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप