हमास आक्रमणमा संलग्न भएको आरोपमा यूएनआरडब्लूएको आर्थिक सहयोग रोकियो
आइतबार, १४ माघ २०८०, १४ : ०९
गाजा । बेलायतले मध्यपूर्वमा प्यालेस्टिनी शरणार्थीहरूको लागि काम गर्ने संयुक्त राष्ट्र संघको राहत एजेन्सी यूएनआरडब्लूएलाई सहयोग रोक्ने घोषणा गरेको छ। इजरायलले अक्टोबर ७ मा भएको आक्रमणमा यूएनआरडब्लूएका कर्मचारी संलग्न रहेको आरोप लगाएको छ ।
उही समयमा यूएनआरडब्लूएले आफ्ना धेरै कर्मचारीहरूलाई इजरायलमा हमलामा संलग्न भएको आरोपमा बर्खास्त गरेको घोषणा गरेको छ। यूएनआरडब्लूएको यो घोषणापछि बेलायतको यो निर्णय आएको हो ।
बेलायतले इजरायलले लगाएको आरोपबाट आफू स्तब्ध भएको बताएको छ । उसले इजरायलको आरोपको छानबिन गर्न आदेश दिएको छ। यसअघि अमेरिका, अष्ट्रेलिया, इटाली र क्यानडाले राष्ट्रसंघीय निकायलाई दिँदै आएको आर्थिक सहयोग रोक्ने घोषणा गरिसकेका छन् ।
गाजामा इजरायलको आक्रमण सुरु भएदेखि यूएनआरडब्लूएले त्यहाँ लाखौं विस्थापित नागरिकहरूलाई सहयोग प्रदान गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण