एमालेले सुरु गर्यो गण्डकीका जिल्लामा अधिवेशन
पोखरा । नेकपा एमालेले गण्डकी प्रदेश अन्तर्गतका जिल्लामा अधिवेसन सुरु गरेको छ । म्याग्दीको दशौं जिल्ला अधिवेसनबाट बालकृष्ण सुवेदी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
बन्द सत्र अझै जारी छ । आइतबार अध्यक्ष पदमा एक जनाको मात्र उम्मेदवारी दर्ता भएको छ । अन्य पदाधिकारीमा आठ जनाले उम्मेदवारी दर्ता गरेका छन् । पदाधिकारीमा भने सहमति नजुटेको एमालेले जनाएको छ ।
एमाले जिल्लामा ५ सदस्यीय पदाधिकारी निर्वाचित हुने व्यवस्था छ । उपाध्यक्षमा २, सचिवमा २ र उपसचिवमा दुई पदका लागि चार जनाले उम्मेदवारी दर्ता गरेका निर्वाचन समितिले जनाएको छ ।
उपाध्यक्षमा प्रदेश कमिटीका निवर्तमान सदस्य प्रमोद श्रेष्ठ र बेनी नगरपालिकाका मेयर सुरत केसीले दावी पेस गरेका छन् थमसरा पुन र रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष प्रेमबहादुर कार्कीले उम्मेद्वारी दिएका छन् ।
उपसचिवमा रामप्रसाद सुवेदी, खड्ग गिरी, बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी र मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उम्मेदवारी दर्ता गरेका निर्वाचन अधिकृत बिवश क्षेत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण