गायिका रचना रिमाल सवार गाडीलाई ट्रकको ठक्कर, रिमाल सकुशल
आइतबार, १४ माघ २०८०, १८ : १५

काठमाडौँ । गायिका रचना रिमाल दुर्घटनामा परेकी छन् । आइतबार नेपालगञ्ज विमानस्थलबाट दाङको लमही महोत्सवमा जानेक्रममा गायिका रिमाल सवार गाडी दुर्घटनामा परेको हो ।
रिमाल सवार गाडीलाई विपरित दिशाबाट आएको ट्रकले ठक्कर दिएको र गाडीमा केही क्षति पुगेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । गाडीमा सवार यात्रुहरु भने सबै सकुशल रहेको उनले बताएकी छन् ।
गायिका रिमालले भनेकी छन् :‘आज नेपालगन्ज विमानस्थलबाट दाङ लमही महोत्सवमा जाँदै गर्दा हामी सवार गाडिलाई विपरित दिशाबाट आईरहेको ट्रकले ठक्कर दियो। गाडिमा केहि क्षति पुगेको छ । यात्रुहरु हामि सबै सकुशल छौँ।’
साथै आज लमही महोत्सवमा हुने भनिएको आफ्नो साङ्गितिक प्रस्तुति सोमबार हुने समेत उनले बताएकी छन् । रिमालले आज महोत्सवमा उपस्थित हुन नसकेकोमा क्षमा समेत मागेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शोधपत्र बुझाउन बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले दियो अन्तिम मौका
-
तस्बिरमा हेर्नुहोस् नागढुंगाको विकल्प धार्के–सीतापाइला सडक
-
कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह
-
रोकिएको आईपीएल आजबाट सुरु हुँदै, यस्तो छ तालिका
-
आज ३२ औँ मदन–आश्रित दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य