गायिका रचना रिमाल सवार गाडीलाई ट्रकको ठक्कर, रिमाल सकुशल
आइतबार, १४ माघ २०८०, १८ : १५
काठमाडौँ । गायिका रचना रिमाल दुर्घटनामा परेकी छन् । आइतबार नेपालगञ्ज विमानस्थलबाट दाङको लमही महोत्सवमा जानेक्रममा गायिका रिमाल सवार गाडी दुर्घटनामा परेको हो ।
रिमाल सवार गाडीलाई विपरित दिशाबाट आएको ट्रकले ठक्कर दिएको र गाडीमा केही क्षति पुगेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । गाडीमा सवार यात्रुहरु भने सबै सकुशल रहेको उनले बताएकी छन् ।
गायिका रिमालले भनेकी छन् :‘आज नेपालगन्ज विमानस्थलबाट दाङ लमही महोत्सवमा जाँदै गर्दा हामी सवार गाडिलाई विपरित दिशाबाट आईरहेको ट्रकले ठक्कर दियो। गाडिमा केहि क्षति पुगेको छ । यात्रुहरु हामि सबै सकुशल छौँ।’
साथै आज लमही महोत्सवमा हुने भनिएको आफ्नो साङ्गितिक प्रस्तुति सोमबार हुने समेत उनले बताएकी छन् । रिमालले आज महोत्सवमा उपस्थित हुन नसकेकोमा क्षमा समेत मागेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण