सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल

सोमबार, १५ माघ २०८०, १० : २३
सोमबार, १५ माघ २०८०

जापान । नेपाली जनप्रगतिशील  मञ्च जापानको अध्यक्षमा मोहन पौडेल  निर्वाचित भएका छन्। मञ्चले टोकियोमा सम्पन्न अधिवेशनमार्फत लेखा अनुशासन आयोग सहितको ४३ सदस्यीय कार्यसमिति चयन गरेको हो । 

जसअनुसार मञ्चको वरिष्ठ उपाध्यक्षमा श्यामहरी पाण्डे, उपाध्यक्षहरूमा बाबुराम पौडेल, जनक सुबेदी, शिवु थापा, आर एच गौतम श्रवण  सत्याल, भुवन हुमागाईँ र रामकृष्ण  भण्डारी रामप्रसाद गैरे रहेका छन् । यसै गरी महासचिवमा दावा लामा, उपमहासचिवमा अर्जुन अम्गाइँ , डिलाराम न्युरे, प्रमीला राई र सचिवहरूमा गोपाल लामिछाने (जिपी ), जीवन पोखरेल , राज पुरी, राकेश बिमली, बालबिक्रम तिगेला, गोविन्द  प्रसाद पौडेल रहेका छन् ।  त्यस्तै कोषाध्यक्षमा गौरी सापकोटा, सहकोषाध्यहरुमा सालिकराम मरहट्ठा ,भरत अर्याल, हरिबाबु तामाङ र पवन अधिकारी  रहेका छन् भने बाँकी १८ जनालाई केन्द्रीय कार्यसमितिमा चयन गरिएको निर्वाचन कमिटीका संयोजक डा. भुपालमान श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार लेखा आयोगको अध्यक्षमा अर्जुन ढकाल  चयन भएका छन् । 

अधिवेशनको उद्घाटन माओवादी केन्द्रका नेताहरू लक्ष्मण  पन्त र ओम शर्मा लगायतले गरेका थिए ।  नबनिर्बाचित अध्यक्ष मोहन पौडेलले आफ्नो २ बर्से कार्यकाल स्वर्णिम  बनाउने उद्घोष गरे भने पूर्व अध्यक्ष भवानी पन्तले आफ्नो कार्यकाल सोचेभन्दा सफल भएको दाबी गर्दै नयाँ नेतृत्वलाई सफलताको  शुभकामना  व्यक्त गरे ।  

यसै गरी निर्वाचन कमिटीका सदस्य रामहरि पुडासैनीले अधिवेशनमा देखिएका केही समस्या र असन्तुष्टिहरू सबैलाई  समेटेर अगाडि  बढ्नुपर्ने धारणा व्यक्त गरे । 

423675549_10226010934563564_2220017755688679342_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप