विमानको आकस्मिक ढोका खोलेर पङ्खामा यात्री हिँडेपछि...
मेक्सिको । मेक्सिकोमा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । एरोमेक्सिकोको एउटा विमानको आकस्मिक ढोका खोलेर ती यात्री विमानको पङ्खामाथि हिँडेको भन्दै प्रहरीले समातेको हो । विमान मेक्सिको सहरबाट ग्वाटेमाला सहरतर्फ जान लागेको थियो ।
धावनमार्गमा समस्याका कारण विमानका यात्रीहरू एसी र पानीविहीन भएर बस्न घण्टौँसम्म बाध्य भएका थिए । यस घटनामा कसैलाई पनि क्षति नभएको मेक्सिको अन्तर्राष्ट्रिय विमानस्थलले भनेको छ । ती पुरुषलाई भने प्रहरीले पक्राउ गरेको छ । यो घटना गएको बिहीबार बिहान ११ः३० बजेतिरको हो । एरोमेक्सिकोको उक्त विमान मेक्सिको सहरबाट ग्वाटेमालातर्फ जाँदै थियो । धावनमार्गमा मर्मत सम्भारको काम भइरहँदा विमानको उडानमा ढिलाइ भइरहेको थियो ।
विमानका अन्य यात्रीहरूले भने आकस्मिक ढोका खोल्ने ती पुरुषको पक्षमा उभिएका छन् । एउटा संयुक्त विज्ञप्ति निकाल्दै सबै यात्रीहरूले ती पुरुषको समर्थन गरेका छन् । ती पुरुषले विमानभित्र सवार सबै बचाउन आकस्मिक झ्याल खोलेको बताएका छन् । उडानमा ढिलाइ भएको अनि विमानभित्र एसी नहुँदा यात्रीहरूलाई समस्या भएको पनि हस्तलिखित विज्ञप्तिमा भनिएको छ । आकस्मिक झ्याल खोलेर ती पुरुषले आफूहरूको ज्यान जोगाइदिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण