आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विमानको आकस्मिक ढोका खोलेर पङ्खामा यात्री हिँडेपछि...

सोमबार, १५ माघ २०८०, १० : ४५
सोमबार, १५ माघ २०८०

मेक्सिको । मेक्सिकोमा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । एरोमेक्सिकोको एउटा विमानको आकस्मिक ढोका खोलेर ती यात्री विमानको पङ्खामाथि हिँडेको भन्दै प्रहरीले  समातेको हो । विमान मेक्सिको सहरबाट ग्वाटेमाला सहरतर्फ जान लागेको थियो ।

धावनमार्गमा समस्याका कारण विमानका यात्रीहरू एसी र पानीविहीन भएर बस्न  घण्टौँसम्म बाध्य भएका थिए । यस घटनामा कसैलाई पनि क्षति नभएको मेक्सिको अन्तर्राष्ट्रिय विमानस्थलले भनेको छ । ती पुरुषलाई भने प्रहरीले पक्राउ गरेको छ । यो घटना गएको बिहीबार बिहान ११ः३० बजेतिरको हो । एरोमेक्सिकोको उक्त विमान मेक्सिको सहरबाट ग्वाटेमालातर्फ जाँदै  थियो । धावनमार्गमा मर्मत सम्भारको काम भइरहँदा विमानको उडानमा ढिलाइ भइरहेको थियो ।

विमानका अन्य यात्रीहरूले भने आकस्मिक ढोका खोल्ने ती पुरुषको पक्षमा उभिएका छन् । एउटा संयुक्त विज्ञप्ति निकाल्दै सबै यात्रीहरूले ती पुरुषको समर्थन गरेका छन् । ती पुरुषले विमानभित्र सवार सबै बचाउन आकस्मिक झ्याल खोलेको बताएका छन् । उडानमा ढिलाइ भएको अनि विमानभित्र एसी नहुँदा यात्रीहरूलाई समस्या भएको पनि हस्तलिखित विज्ञप्तिमा भनिएको छ । आकस्मिक झ्याल खोलेर ती पुरुषले आफूहरूको ज्यान जोगाइदिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप