प्रधान सेनापति शर्मा तथा बेलायती सेना प्रमुखबिच भेटवार्ता
मङ्गलबार, १६ माघ २०८०, १३ : ०६
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र संयुक्त अधिराज्य बेलायतका सेना प्रमुख General Sir Patrick Sanders, KCB, CBE DSO ADC GEN बिच भेटवार्ता भएको छ ।मंगलबार जङ्गी अड्डामा सम्पन्न शिष्टाचार भेटघाटमा नेपाल र संयुक्त अधिराज्य बेलायत बिच सदियौँदेखि रही आएको पारस्परिक सम्बन्ध तथा दुई देशका सेना बिच रही आएको सुमधुर सम्बन्ध लगायत आपसी चासोका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
शिष्टाचार भेटघाट अघि बेलायतका सेना प्रमुखको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
यही माघ १५ गतेदेखि २० गतेसम्म नेपाल भ्रमणमा रहेका बेलायतका सेना प्रमुखलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १५ गते बलाधिकृत रथी अशोकराज सिग्देलले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन उत्तर कोरिया जाँदैछन् सी जिनपिङ ?
-
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता
-
विश्वकपमा घरमै बसेर कमाउने नाममा ठगीको जोखिम, प्रहरीले गरायो सचेत
-
अब पुराना कुराकानी बिर्सिने छैन च्याटजीपीटी, मेमोरी फिचरमा नयाँ अपग्रेड
-
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ : परराष्ट्रमन्त्री खनाल
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण