लागूऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ
मङ्गलबार, १६ माघ २०८०, १८ : २३
बारा । लागूऔषध मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुर सिमरा उप-महानगरपालिका, वडा नं.११ खेस्रवल टोल बस्ने ३२ वर्षीय साधु यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार माघ १६ गते प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत कलैयाबाट लागूऔषध मुद्दामा कैद जरिवाना तोकी वारदातपछि फरार रहेको निम्न यादवलाई खोजतलास गरी लुकीछिपी बसेको अवस्थाबाट पक्राउ गरिएको हो । उनलाई १ वर्ष ५ महिना ६ दिन कैद र २० हजार जरिवाना सुनाएको थियो । न्यौपानेका अनुसार यादवमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण