बैतडी जिप दुर्घटना : एक जनाको मृत्यु, सात जना घाइते
बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य सात जना घाइते भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षीया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।
दोगडाकेदारको सिल्लेगडाबाट कालागोरा गाउँ जाँदै गरेको सुपप्र ०१००२ ज १५३७ नम्बरको जिप आज दिउँसो वडा नं २ को कटौजपानीमा दुर्घटना भएको हो ।
दुर्घटनामा दोगडाकेदार– ८ कै चालकसमेत रहेका ३० वर्षीय भुपेन्द्र विष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश विष्ट, ५० वर्षीया वीरे लुहार, २६ वर्षीया घुमरा विष्ट, ५० वर्षीया कृष्णा विष्ट, ७० वर्षीया हरिमाया विष्ट र १७ वर्षीय महेश विष्ट रहेका छन् ।
घाइतेमध्ये जिप चालक भूपेन्द्रको अवस्था गम्भीर रहेको प्रवक्ता जोशीले बताए । घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ । जिपमा चालकसहित आठ जना सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण