गठबन्धनका कारण देश गम्भीर अवस्थामा छ : अध्यक्ष ओली

सिन्धुपाल्चोक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् ।
बुधबार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमाले सरकारमा जान हतार नगर्ने र गठबन्धनले काम गर्न नसके जुर्मुराउनुपर्ने बताए । उनले ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताए ।
अध्यक्ष ओलीले गठबन्धनका कारण अहिले देशमा ग्रहण लागेको बताए । एमालेलाई छेक्न ८ वटा राजनीतिक दलहरु लागेको उनले बताए । उनले गठबन्धनका दलहरुबाट देश बनाउने कुरा भन्दा गठबन्धन बनाउने र जोगाउने कुरा मात्तै बढी सुनिएको बताए ।
उनले भने, ‘हामी सरकारमा जाने हतार गर्दैनौँ । अब यिनीहरुले गर्न सकेनन् भने त हामीले फेरि उठ्न त परिहाल्छ । तर हामी मिसन ०८४ भनेर ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्छ । हरेक ठाउँ जित्नेगरी एमालेको तयारी हुनुपर्छ । सरकारमा हुने गठबन्धनेहरुलाई पनि भनिरहेको छु मैले । गम्भीर हुनुपर्ने अवस्था छ । यदि गम्भीर भएन भने देश बरबाद हुन्छ ।’
अध्यक्ष ओलीले विकासको काममा राजनीतिक आग्रह पूर्वाग्रह नराख्न आग्रह गरे । योग्य मान्छेलाई सामाजिक क्षेत्रका जिम्मेवारी दिन उनले सुझाव दिए । अहिले गठबन्धनले क्षमता हरेर नभई गठबन्धने हो कि होइन भनेर जिम्मेवारी दिने गरेको उनले आरोप लगाए ।
ओलीले मुख्यरूपमा कृषिलाई आधुनिकीकरण गरेर नै समृद्ध नेपाल बनाउन सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेडिकलबाट ठुलो परिमाणमा लागुऔषध बरामद, सञ्चालक पक्राउ
-
मकवानपुर महिला राष्ट्रिय गोल्डकप : रौतहटलाई हराउँदै पुलिस सेमिफाइनलमा
-
कर्णालीमा बजेट अधिवेशन वैशाख २८ गतेदेखि सुरू हुने
-
विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफल सकियो, प्रतिवेदन लेख्न थप समय माग्ने
-
एपीएफलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि इरानी टोलीसँग खेल्ने
-
ढुवानी व्यवसाय डिजिटल र प्रविधि मैत्री बनाउने तयारीमा ट्रक व्यवसायी