शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रविधि मैत्री निर्माण सामाग्रीलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड

बिहीबार, १८ माघ २०८०, ११ : ३७
बिहीबार, १८ माघ २०८०

काठमाडौँ ।  शौर्य सिमेन्ट एवम् स्काई होल्डिङ्ग बिजनेस ग्रुप पब्लिक लिमिटेडको संयुक्त आयोजनामा भक्तपुरमा कन्ट्रयाक्टर मिट सम्पन्न भएको छ। स्काई होल्डिङ ग्रुपका सल्लाहकार युवक राजभण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमति प्रदेशका भौतिक पूर्वाधार विकास पूर्व मन्त्री कृष्णलाल भडेल, निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष कृष्ण प्रसाद अवाल, शौर्य सिमेन्टका ब्राण्ड प्रवन्धक अनुज महत, क्षेत्रीय बिक्री प्रबन्धक रोशन बहादुर कडायत र प्राविधिक प्रमूख दिवश देवकोटाका साथै भक्तपुरका विभिन्न निर्माण क्षेत्रमा कार्यरत कन्ट्र्याक्टरहरु सहभागी थिए । 

सो क्रममा भक्तपुरमा निर्माण हुने भौतिक संरचनामा निर्माण सामाग्रीको छनौट, बिक्री वितरण, प्रविधि मैत्री निर्माण सामाग्रीलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड गरिएको थियो।
उक्त कार्यक्रममा शौर्य सिमेन्टको प्रयोग, प्रविधि, गुणस्तर, उत्पादन क्रममा गरिने परिक्षण प्रविधि, वातावरण मैत्री प्राविधिक जानकारी एवम् शौर्य सिमेन्टद्वारा आयोजित विभिन्न सामाजिक व्यवसायिक उत्तरदायित्वका कार्यहरुबारे पनि जानकारी गरिएको कम्पनीले जनाएको छ। 

कार्यक्रममा कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक रोशन बहादुर कडायतले भक्तपुरका बासिन्दाहरुलाई सुपथ मूल्यका साथै सहज रुपमा सिमेन्टको उपलब्धता सुनिश्चित गर्न स्काई ग्रुपसँग साझेदारी गरिएको जानकारी दिए ।  कार्यक्रममा देशमा आर्थिक संकटको कारणले सबै निर्माण व्यवसायीहरू असहज अवस्थामा रहेको र उत्पादक कम्पनीहरुद्वारा सहजीकरणको अपेक्षा रहेको कुरा निर्माण व्यवसायीद्वारा राखिएको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप