सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोरङ, कपिलवस्तु र नवलपरासी पूर्वमा दुर्घटना भएका हुन् ।
मोरङको ग्रामथान गाउँपालिका-२ स्थित सडकमा कटहरीबाट झोराहाटतर्फ जाँदै गरेको मे.१ त ७०५९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-२ बस्ने १९ वर्षीय उपेश सरदारको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कपिलवस्तुको महाराजगन्ज नगरपालिका-२ बर्गदास्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने नाईम तेली मुसलमानकी छोरी ७ वर्षीया तैहब्बा मुसलमानको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
उता नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-६ माईली साईली चोकमा ना.१ च ३६६७ नम्बरको साइन बोर्डिङ स्कुलको भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने शोभा थापा मगरको छोरा ५ वर्षीय स्वस्थी बाचेको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण