सुर्खेत एमालेमा झन् बढ्दै द्वन्द्व : उपाध्यक्षको अध्यक्षतामा बैठक बसेपछि अध्यक्ष बिसीले दिए काउन्टर
सुर्खेत । नेकपा एमाले सुर्खेतमा आन्तरिक विवाद झनझन बढ्दै गइरहेको छ । बुधबार जिल्ला अध्यक्ष अमृतबहादुर बिसीले प्रेस विज्ञप्ति जारी गर्दै नवौँ अधिवेशन स्थगित भएको जानकारी गराए । तर, बिहीबार अन्य पदाधिकारीहरूले बिसीको उक्त निर्णय व्यक्तिगत रहेको ठहर गर्दै अधिवेशन तोकिएकै मितिमा हुने जानकारी गरायो ।
उक्त बैठक जिल्लाका उपाध्यक्ष कुलमणि देवकोटाको अध्यक्षतामा बसेको थियो भने सचिव कवीन्द्र कुमार केसीद्वारा हस्ताक्षर गरी अधिवेशन तोकिएकै मितिमा हुने भनेर विज्ञप्ति जारी भयो । अहिले जिल्लाको पदाधिकारीमा अध्यक्ष बिसी एकातिर र अरू पदाधिकारी अर्कोतिर भएपछि विवाद भइरहेको छ । बिसी जिल्लामा नवराज रावत खेमा र प्रदेशमा गोरख बोगटी खेमामा छन् भने बाँकी पदाधिकारीहरू यामलाल कँडेल खेमाका हुन् ।
बिहीबार उपाध्यक्षको अध्यक्षतामा बैठक बसेको विषयमा आक्रोशित हुँदै अध्यक्ष बिसीले सामाजिक सञ्जालबाट नै काउन्टर जवाफ दिएका छन् । एमालेको वैधानिक व्यवस्था अनुसार अध्यक्षको उपस्थितबिना, सहमतिबिना बसिएको बैठक र गरिएका निर्णयहरू कार्यान्वयन नहुने चेतावनी बिसीले दिएका छन् । यदि कार्यान्वयन गर्न खोजिए पनि त्यस्ता कार्यले वैधानिकता नपाउने उनको भनाइ छ ।
‘यो कुरा स्पष्ट हुँदाहुँदै पार्टी उपाध्यक्षको अध्यक्षतामा बैठक बसी अधिवेशनका काम तोकिएको मितिमा हुने भनी सचिव कवीन्द्र कुमार केसीबाट हस्ताक्षर गरी प्रकाशित गरिएको प्रेस विज्ञप्तिले पार्टी भित्रका अन्तर विरोधलाई समाधान गर्नुको साटो पार्टी भित्र देखिएका समस्या माथि समस्या थप्ने काम भएको छ,’ अध्यक्ष बिसीले भने, ‘त्यसो हुँदा जिल्ला कमिटी, ९ वटा पालिका कमिटी, ९९ वार्ड कमिटी, टोल कमिटी र सम्पूर्ण जनसङ्गठनमा रहनुभयका कमरेडहरू, पार्टी सदस्य र शुभचिन्तकहरू, भ्रममा नपर्न अनुरोध गर्दछु ।’ दुई पक्षबिचको कलहले एमाले सुर्खेतभित्र सङ्कट बढेको अनुमान गर्न सकिन्छ ।
अध्यक्ष बिसीले नवौँ जिल्ला अधिवेशन स्थगित भई प्रतिनिधि छनोट गर्ने काम र अन्य तयारीका काम कारबाही सबै स्थगित भएको कुरा जानकारी गराएका छन् । साथै बिसीले सुर्खेतको जिल्ला पार्टीभित्र देखिएका समस्याहरूलाई समाधान गरी अधिवेशन गर्ने वातावरण तयार गर्न विशेष पहल कदमी गरिदिन सुर्खेतबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सल्लाकार, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, सदस्य नेतामा अपिल पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण