आँचलको हातमा थुप्रियो फिल्म
काठमाडौँ । ‘विवाहपछि अभिनेत्रीको करिअर सङ्कटमा पर्छ’ नेपाली फिल्म क्षेत्रको यो भनाई कति अभिनेत्रीको लागि मिलेको होला । तर अभिनेत्री आँचल शर्माको हकमा भने यो मिलेको छैन । किनभने विवाहपछि पनि उनको करियरमा एकनासको रफ्तारमा छ । अहिले उनको ‘पाइपलाइन’मा जति फिल्म अन्य अभिनेत्रीसँग छैन ।
आँचलको हातमा अहिले ६ फिल्म छन् । अघिल्लो हप्ता मात्र फिल्म ‘डिग्री माइला’को छायाङ्कन सकाएकी उनले यसै साता दुई वटा फिल्म ‘पिताम्बर’ र ‘दुःखी आत्मा’ सम्झौता गरिन् । अव यी दुवै फिल्मको छायाङ्कनमा उनले जुट्नुपर्नेछ ।
फिल्म ‘पिताम्बर’मा प्रदीप खड्का र ‘दुःखी आत्मा’मा उनको जोडी दयाहाङ राई बन्नेछन् । भर्खर छायाङ्कन सकिएको फिल्म ‘डिग्री माइला’मा पनि उनी दयाहाङकै जोडी बनेकी छन् ।
यसका अलावा उनीसँग ‘राजमहल’, ‘एक मुठ्ठी बादल’ र ‘वर एण्ड बधु’ गरि अन्य तीन फिल्म पनि छन् । उनले सम्झौता गरेका प्रायः फिल्म यसै वर्ष छायांकनको तयारीमा छन् । जसले गर्दा उनलाई सेड्युल मिलाउन धै–धै पर्ने देखिएको छ ।
यस्तै उनी अभिनित फिल्म ‘डिग्री माइला’ चैत ३० गतेबाट प्रदर्शनमा आउदैछ । यो फिल्मको पनि प्रचारमा उनले समय दिनुपर्नेछ । ससर्ती हेर्दा उनलाई अबको यो वर्ष फिल्मको छायाङ्कन र प्रचारको चटारो पर्ने देखिन्छ । तर उनी भने बिन्दास रूपमा देखिँदै आएकी छन् । केही दिन अगाडि मात्र मात्र उनले भनेकी थिइन्, ‘कम तनाव लिन र उत्कृष्ट आनन्द लिनुस्’ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगर पक्षी खोज्दै पोखरा महानगर
-
कूल गार्हस्थ्य उत्पादनमा धानको योगदान दुई खर्ब, तर अझै आयातमै निर्भर नेपाल
-
पदभार ग्रहण गर्दै त्रिविका नवनियुक्त उपकुलपतिले भने– मलाई बाहिरबाट आएको नसम्झिदिनुहोला
-
रुसी आक्रमणमा किभमा सात जनाको मृत्यु
-
सडकमा एक्लै हिँडेकी युवतीलाई पुरुषले ‘गोप्य अङ्ग’ देखाएको घटनामा प्रहरीले थाल्यो अनुसन्धान
-
ओपेक प्लसले देशहरूले उत्पादन बढाउने, कच्चा तेलको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण