सन् २०२३ मा इण्डोनेसियामा विदेशी पर्यटकको आगमन दोब्बर
काठमाडौँ । २०२३ मा इण्डोनेसियामा विदेशी पर्यटकको आगमन बढेर ११.६७ मिलियन पुगेको छ । सन् २०२२ मा यो संख्या अघिल्लो वर्षको तुलनामा दोब्बर भएर ५.८९ मिलियन पुगेको हो ।
तथ्याङ्क इण्डोनेसियाका कार्यवाहक प्रमुख अमालिया विद्यसान्तीले भने कि २०२३ मा विदेशी आगमनको संख्यामा कोभिड १९ महामारीपछि नयाँ रेकर्ड भएको बताए । यद्यपि इन्डोनेसियाको पर्यटन महामारीबाट पूर्ण रूपमा निको हुन सकेको छैन । २०१९ मा पर्यटक आगमन संख्या १६.११ मिलियन पुगेको थियो । डिसेम्बर १.१४ मिलियन विदेशी भ्रमणका साथ शिखर सिजनको रूपमा रेकर्ड गरिएको थियो ।
गत वर्ष मलेसियाबाट सबैभन्दा बढी १९ लाख, अष्ट्रेलियाबाट १.४३ मिलियन र सिंगापुरबाट १.४१ मिलियनले भ्रमण गरेको बताइएको छ । बाली विमानस्थलबाट सबैभन्दा बढी विदेशी पर्यटक ५२ लाख अर्थात ४४.९४ प्रतिशत भित्रिएका छन् । २०२३ मा बसाइको औसत लम्बाइ ८.५ दिन रेकर्ड गरिएको थियो ।
सिन्ह्वा/न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण