नेपाली सांसदले भेटे भारतीय विदेश मन्त्री जयशंकरलाई

काठमाडौँ । भारत भ्रमणमा रहेका नेपाली सांसदहरुले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटघाट गरेका छन् । शुक्रबार हैदरवाद हाउसमा विदेशमन्त्री जयशंकरसँग भेटघाट भएको हो ।
प्रतिनिधिसभा अन्तरर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा माघ १६ गते भारतीय लोकसभाको निमन्त्रणामा दिल्ली पुगेका सांसदहरुले विदेशमन्त्री जयशंकरसँग भेटघाट गरेका हुन् ।
मन्त्रीसँगको भेटमा दुई देशको सम्बन्ध र संसदीय व्यवस्था लगायतको विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डको हालै भएको भारत भ्रमणको क्रममा भएको सम्झौताको कार्यान्वयनको विषयमा संसदबाट कसरी सम्बोधन गर्न सकिन्छ र कार्यान्वयनमा देखिएका समस्या हल गर्ने लगायतका विषयमा छलफल भएको जनाइएको छ ।
यस्तै विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत भेटमा दुई देशको गहिरो सहयोग र नजिकको सम्बन्धका बारेमा छलफल भएको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उदयपुरको अमलचौरीमा दुई जनाको शव फेला
-
खुटिया नदीमा डुबेर एक बालकको मृत्यु
-
क्लब विश्वकप : डर्टमन्ड बराबरीमा रोकियो, रिभर प्लेटको सहज जित
-
कटहरियाको नगरसभाबाट ५४ करोड बजेट पारित
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
नवप्रवर्तनको घोषणा नारामै सीमित : उद्योग मन्त्रालयको बजेट मन्त्रीको क्षेत्रमा खन्याइयो