नेपाली सांसदले भेटे भारतीय विदेश मन्त्री जयशंकरलाई
काठमाडौँ । भारत भ्रमणमा रहेका नेपाली सांसदहरुले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटघाट गरेका छन् । शुक्रबार हैदरवाद हाउसमा विदेशमन्त्री जयशंकरसँग भेटघाट भएको हो ।
प्रतिनिधिसभा अन्तरर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा माघ १६ गते भारतीय लोकसभाको निमन्त्रणामा दिल्ली पुगेका सांसदहरुले विदेशमन्त्री जयशंकरसँग भेटघाट गरेका हुन् ।
मन्त्रीसँगको भेटमा दुई देशको सम्बन्ध र संसदीय व्यवस्था लगायतको विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डको हालै भएको भारत भ्रमणको क्रममा भएको सम्झौताको कार्यान्वयनको विषयमा संसदबाट कसरी सम्बोधन गर्न सकिन्छ र कार्यान्वयनमा देखिएका समस्या हल गर्ने लगायतका विषयमा छलफल भएको जनाइएको छ ।
यस्तै विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत भेटमा दुई देशको गहिरो सहयोग र नजिकको सम्बन्धका बारेमा छलफल भएको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण