शिक्षालाई गुणस्तरीय र जीवनोपयोगी बनाउन आग्रह
काठमाडौँ । मुलुकको उच्च शिक्षालाई जीवनोपयोगी र समयसापेक्ष बनाउन शिक्षाविद् तथा शिक्षाकर्मीहरूले जोड दिएका छन् । मुलुकको शैक्षिक संस्थाहरूलाई राजनीतिक तह भन्दा माथि राखेर जीवनोपयोगी र बजारमुखी शैक्षिक संस्थाको रूपमा विकास गर्न शिक्षा क्षेत्रका विज्ञहरूले औँल्याएका हुन् ।
शुक्रवार पशुपति बहुमुखी क्याम्पसको ४४ औ वार्षिकोत्सव कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा शिक्षाविद् तथा नीति निर्माताहरुले आजको शिक्षालाई जीवन र प्रविधिसँग जोड्न जोड दिएका हुन् । पूर्व अर्थमन्त्री शङ्कर कोइरालाले उच्च शिक्षालाई प्रतिस्पर्धी र बजारमुखी बनाउनु पर्नेमा जोड दिए । प्रतिनिधि सभाका अर्थ समितिका सभापति सन्तोष चालिसेले युवा विद्यार्थीको पलायन रोक्न मुलुक भित्रै आशा र विश्वास जगाएर युवा शक्तिलाई अर्थतन्त्रको विकासमा लगाउनु पर्ने बिचार व्यक्त गरे ।
कार्यक्रममा वरिष्ठ चिकित्सक तथा मानव अधिकारकर्मी डा. गौरी शङ्कर लाल दास र पूर्व राज्यमन्त्री तथा क्याम्पसकी पूर्व अध्यक्ष भद्रा कुमारी घलेलाई अभिनन्दन तथा सम्मान गरिएको थियो । साथै क्याम्पसले विभिन्न शैक्षिक सत्रमा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीहरूलाई पशुपति प्रज्ञा पुरस्कार तथा सम्मानबाट पुरस्कृत गरिएको थियो ।
क्याम्पस प्रमुख विनोदचन्द्र पन्तले सामुदायिक शैक्षिक संस्थाको रूपमा स्थापित क्याम्पसलाई गुणस्तरीय र प्रतिस्पर्धी शैक्षिक संस्थाको रूपमा विकास गर्ने योजना रहेको शैक्षिक कार्यक्रम प्रस्तुत गरे । क्याम्पस प्रमुख पन्तले मुलुकको प्रतिष्ठित शैक्षिक संस्थाको रूपमा विकास गर्ने कार्यक्रम रहेको बताए ।
पशुपति बहुमुखी क्याम्पसका सञ्चालक समितिका उपाध्यक्ष शिक्षाविद् विष्णु प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व राजदूत डा. राजेश्वर आचार्य, प्रदेश सांसद श्रीराम लामिछाने, काठमाडौँ महानगरपालिका वडा नं ७ का अध्यक्ष विमल होडा, शिक्षाविद्, शिक्षासेवी, नीति निर्माताहरुले शिक्षालाई जीवनोपयोगी र व्यवहारिक बनाउन जोड दिएका थिए । क्याम्पस बिंस २०३७ सालमा स्थापना भएको मुलुकको सामुदायिक क्याम्पसको रूपमा स्थापित शैक्षिक संस्था हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण